पूर्वबक्सिङ खेलाडी शर्मालाई उपचार सहयोग
काठमाडौं । नेपाल बक्सिङ सङ्घले पूर्वबक्सिङ खेलाडी ओमप्रकाश शर्मालाई स्वास्थ्य उपचारका लागि आज आर्थिक सहयोग प्रदान गरेको छ ।
बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले शर्मालाई रु ७५ हजार १०५ बराबरको चेक एक कार्यक्रमबीच हस्तान्तरण गरे । लामो समयदेखि उच्च रक्तचापबाट पीडित शर्मा एक महिना अघि प्यारालाइसिसबाट थलिएका छन्। पाँच पटकका राष्ट्रिय च्याम्पियन शर्माले विसं २०३३ देखि बक्सिङ खेल्न शुरु गरेका थिए।
उनले भारतको मुम्बईमा भएको एशियन च्याम्पियनसिपलगायत विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाएका थिए । अध्यक्ष अवालेले शर्माको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मर्कामा परेका खेलाडीलाई अगामी दिनमा पनि सहयोग गर्न सङ्घले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment