इतिहासमा यस्तो कीर्तिमान बनाउने वार्नर एकमात्र ब्याट्सम्यान

डिसी नेपाल
२३ असोज २०७७ ११:०३

काठमाडौं । जोनी बेयरस्टो र डेभिड वार्नरको सतकिय साझेदारी हैदराबादले आईपीएल २०२० को २२ औं खेलमा किंग्स इलेवन पञ्जाबलाई ६९ रनले पराजित गर्यो। हैदराबादले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर २०१ रन बनायो भने जवाफि ब्याटिङ गरेको पञ्जाबले १३२ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछयाउने क्रममा पञ्जाब टोली रशीद (१२ रनमा २ विकेट), खलील (२४ रनमा दुई विकेट) र टी नटराजन (२४ रनमा दुई विकेट), को किफायति बलिङ सामु निकोलस पूरानको ७७ रनको तुफानी इनिङको बावजुद १६.५ ओभरमा १३२ रनमा समेटियो। पूरानले ३७ बलमा ५ चौका र ७ छक्का प्रहार गरे। उनी बाहेक, टिमका अन्य ब्याट्सम्यानले ११ रनको अंक पनि पार गर्न सकेनन्। यस अघि हैदराबादका लागि बेयरस्टोले ९७ रन र वार्नरले ५२ रन बनाए, दुबै पहिलो विकेटको लागि १६० रनको साझेदारी गरे ।

वार्नरले आफ्नो आईपीएल करियरमा ४६ औं अर्ध शतक प्रहार गरे सँगै आईपीएलको इतिहासमा एक मात्र त्यस्तो ब्याट्सम्यान बनेका छन् जसले ५० भन्दा बढी पटक ५० रन बनाए। यो कीर्तिमानमा वार्नर पछि विराट कोहलीको नम्बर आउँछ। कोहलीले आईपीएलमा ४२ पटक ५० भन्दा बढी स्कोर बनाउन सफल भएका छन ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *