आईपीएलमा सन्दीप सम्मिलित दिल्ली र राजस्थान भिड्दै

डिसी नेपाल
२३ असोज २०७७ ११:३८
504
Shares

काठमाडौं । आईपीएल २०२० को २३ औं खेल राजस्थान रोयल्स र दिल्ली क्यापिटल बिच शारजाहमा हुदैछ । जारी सिजनमा दिल्लीले पाँच मध्ये चार खेल जितेको छ। अर्कोतर्फ राजस्थानले पाँच मध्ये दुई खेल मात्र जितेको छ। यस्तो अवस्थामा दिल्ली क्यापिटल यो खेलमा आफ्नो फेवरेट खेलाडी बिना मैदानमा ओर्लने सम्भावना देखिएको छ । यसैसँगै लगातार ३ खेल गुमाएको राजस्थान रोयल्सको लागि यो खेलमा राम्रो प्रदर्शन गर्ने दबाब रहनेछ ।

राजस्थान रोयल्सका लागि आलराउन्डर बेन स्टोक्स यो खेलमा पनि उपलब्ध हुने छैनन। यद्यपि उनले अर्को खेलमा आफ्नो कमब्याक गर्नेछन। यसैबीच अजिंक्य रहाणेले अझै पनि दिल्ली क्यापिटलको बेन्चमा बस्नु पर्नेछ। दिल्लीको टीम राजस्थान भन्दा सन्तुलित देखिन्छ। शारजाह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेलमा मौसम पूर्ण रूपमा सफा रहनेछ । यद्यपि खेलाडीहरूले यहाँ भीषण गर्मीको सामना गर्नुपर्नेछ। शारजाहको मैदान धेरै सानो छ। यस्तो अवस्थामा टस जित्ने टिमले पहिले ब्याटिङ गर्ने तय देखिन्छ ।

शारजाह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम अबु धाबीको शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम भन्दा पूर्ण रूपमा भिन्न छ। यो आकार को हिसाबले एक धेरै सानो स्टेडियम हो। यस्तो अवस्थामा दिल्ली र राजस्थान बिचको खेलमा छक्काको वर्षा देख्न सकिन्छ।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *