डा. केसीका प्रतिनिधिसँग सात बजेपछि वार्ता गर्ने तयारी

डिसी नेपाल
२३ असोज २०७७ १८:४०
76
Shares

काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशन बसेका डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच अहिले सात बजेपछि वार्ता हुने भएको छ। डा केसी अनशन बसेको शुक्रबार २६ दिन पुगेको छ।

शिक्षा सचिब गोपिनाथ मैलानी नेतृत्वको सरकारी वार्ता टोली र डा. जीवन क्षेत्री नेतृत्वको डा.केसीको प्रतिनिधिबीच अहिले सात बजेपछि वार्ता हुने तय भएको छ। डा केसी निकट स्रोतले ७ बजेपछि वार्ता गर्ने समय तय भएको तर निश्चित नभएको बतायो। स्रोतले अनौपचारिक कुरा भने भइरहेको बतायो।

बिहीबार भएको वार्तामा सकरात्मक कुरा भएको बताइएको थियो। शुक्रबार अनशन तोडाउने गरी सहमति गराउने तयारी छ। तर, सहमति जुट्ने नजुट्ने निश्चित भने भएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *