काँग्रेस नेता सुनील थापा र उनकी श्रीमती कोरोना संक्रमित
काठमाडौं। काँग्रेस नेता सुनील थापा र उनकी श्रीमती संगीता थापा कोरोना संक्रमित भएका छन्। नेता थापा र आर्ट क्युरेटर श्रीमती थापा दुबै जनालाई कोरोना संक्रमण पुष्टि भएको नेता थापाले जानकारी दिएका छन्। दुबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
देशमा कोरोना संक्रमितको संख्याले शुक्रबार एकलाख पार गर्दा प्रधानमन्त्री निवास बालुवाटारका पदाधिकारीदेखि नेताहरु, उनका सहयोगीसमेत कोरोना संक्रमित बन्न पुगेका छन्।
यसैबीच घरका सहयोगी कोरोना संक्रमित भएपछि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल होम आइसोलेशनमा बसेका छन्। वरिष्ठ नेता पौडेलले आफू केही दिन आइसोलेशनमा बस्ने जानकारी दिएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment