कर्मचारीमा कोरोना देखिएपछि कांग्रेस नेता पौडेल आइसोलेसनमा

डिसी नेपाल
२४ असोज २०७७ १२:०९
64
Shares

काठमाडौं। घरमा काम गर्ने एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आइसोलेसनमा बसेका छन्।

पौडेलले ट्वीट गर्दै आफ्नो घरमा काम गर्ने कर्मचारीमा कोरोना पुष्टि भएपनि आफू केही दिनका लागि आइसोलेसनमा रहेको बताएका हुन्। उनले आफू र आफ्नो परिवारका सदस्यलाई कोरोनाको कुनै लक्षण नेखिएको जानकारी पनि गराएका छन्।

असोज २५ गते बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठकका लागि कांग्रेसले बिहीबार नेता तथा कर्मचारीको कोरोना परीक्षण गरेको थियो। परीक्षणका क्रममा पाँच जना केन्द्रीय सदस्यलाई कोरोना पुष्टि भएको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *