जोडी नभएकाहरुलाई कोरोनाभाइरसबाट मृत्यु हुने खतरा धेरै

डिसी नेपाल
२५ असोज २०७७ १३:५५

काठमाडौं। जोडी भएका मानिसहरुको तुलनामा सिंगल व्यक्तिहरुलाई कोरोनाभाइरसबाट मृत्यु हुने खतरा अधिक भएको पाइएको छ । स्वेडेनको स्टकहोम युनिभर्सिटीका शोधकर्ताहरुले गरेको अध्ययनमा यसको खुलासा भएको हो । शोधकर्ताहरुले यस विषयमा चेतावनी पनि दिएका छन् । स्टकहोम युनिभर्सिटीका शोधकर्ताहरुले गरेको अध्ययनको नतिजा अनुसार जोडी नभएकाहरुका साथै न्यून आय भएका, कम पढेलेखेका र न्यून वा मध्यम आय भएका देशका मानिसहरुमा कोरोनाभाइरसबाट मृत्युको सम्भावना अधिक छ ।

यो अध्ययन स्वीडिश नेशनल बोर्ड अफ हेल्थ एण्ड वेलफेयरले गरेको हो । स्वेडेनमा दर्ता भएका मृत्युको तथ्यांकमा यो अध्ययन आधारित छ । यो अध्ययनमा २० वर्ष वा सोभन्दा बढी उमेरका मृतकहरुको मात्रै तथ्यांकको विश्लेषण गरिएको छ । ‘जनरल नेशन्स कम्युनिकेसन्समा प्रकाशित यो अध्ययनका लेखक स्वेन ड्रेफ्टहाल भन्छन् ‘कोभिड १९ बाट भएका मृत्युको साथमा केही ठूला कारकहरु बलियोसँग जोडिएका छन् ।’

रिपोर्टका अनुसार अविवाहित पुरुष वा महिलामा कोभिड १९ बाट मृत्युको खतरा विवाहितहरुमा भन्दा डेढदेखि २ गुणा बढी छ । यो सूचीमा विवाह नै नभएकादेखि विवाह भैसकेर सम्बन्धविच्छेद गरेका, विधवा, विधुरलाई पनि समावेश गरिएको छ । अध्ययनमा कोभिड १९ बाट मृत्युको खतरा महिला भन्दा पुरुषमा दोब्बरभन्दा बढी भएको पनि पाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *