विश्वमा कोरोना : अमेरिकामा फेरि तीव्र बन्यो कोरोना, दैनिक ५० हजार संक्रमित थपिँदै
कोरोनाबाट निकाे भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग काेराेनासँग लड्न राेग प्रतिराेधी क्षमता रहेकाे बताएका छन्। उनी मास्क लगएर देखिएका थिए। यसअघि ट्रम्प मास्क लगाउँदैन थिए। फाइल फोटो
काठमाडौं। अमेरिकामा कोरोना भाइरस फेरि तीव्र रुपमा फैलिन थालेको छ। अमेरिकामा सेप्टेम्बरको अन्तिम साता प्रत्येक दिन ४० देखि ४५ हजरा नयाँ संक्रमित थपिएका थिए।
अहिले यो संख्या बढेर दैनिक ५० देखि ६० हजार पुग्न थालेको छ। अमेरिकामा कोरोना संक्रमितको संख्या ८० लाख नजिक पुगेको छ। अहलेसम्म ७९ लाख ४९ हजार भन्दा धेरै मानिस संक्रमित भएका छन्।
यसैबीच विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ७६ लाख भन्दा धेरै पुगेको छ। कोरोना संक्रमण मुक्त हुनेको संख्या २ करोड ८२ लाख पुगेको छ भने कोरोनाबाटम मृत्यु हुनेको संख्या १० लाख ८० हजार भन्दा धेरै पुगेको छ।
ब्राजीलमा शनिबार मात्रै कोरोनाबाट ५५९ जनाको मृत्यु भएको छ। योसँगै ब्राजीलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार २३६ पुगेको छ। अमेरिकापछि ब्राजील यस्तो मुलुक हो जहाँ कोरोनाबाट हालसम्म १ लाख ५० हजारको मृत्यु भएको छ।
ब्राजीलमा पछिल्लो २४ घण्टामा २६ हजार ७४९ जना कोरोना संक्रमित थपिएका छन्। ब्राजीलमा अहिलेसम्म ५० लाख ९१ हजार संक्रमित पुगेका छन्।
उता युरोपमा संक्रमणको दोस्रो लहर सुरु भएको छ। दोस्रो लहर अन्तर्गत युरोपमा पछिल्लो समय एक लाख भन्दा धेरै संक्रमित थपिएका छन्। बेलायतका प्रधानमन्त्रीले सोमबारदेखि देशमा नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।
कोरोनाबाट मुक्त भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू कोरोना भाइरससँग लड्न सक्षम भएको बताएका छन्। एक अन्तर्वार्तामा उनले भने, ‘मलाइ के लाग्छ भने मसँग कोरोनासँग लड्ने इम्यूनिटी पावर रहेछ।’ उनको भनाइ डाक्टरले ट्रम्पबाट अन्यमा कोरोना भाइरस सर्ने संभावना नरहेकोबताएपछि आएको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment