नेकपा कर्णााली प्रदेशमा कुर्मराज शाही सचेतक नियुक्त

डिसी नेपाल
२७ असोज २०७७ १४:२७
68
Shares

काठमाडाैं। कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले सांसद कुर्मराज शाहीलाई दलको सचेतकमा नियुक्त गरेका छन्।

प्रमुख सचेतक गुलावजंग शाहलाई हटाएर सीता नेपालीलाई प्रमुख सचेतक नियुक्त गरेपछि रिक्त स्थानमा शाहीलाई नियुक्त गरिएको हो।

मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले कालीकोटबाट निर्वाचित शाहीलाई मुख्यमन्त्री शाहीले सचेतक नियुक्त गरेको जानकारी दिएका हुन्।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि हस्ताक्षर अभियान संकलन गरेको भन्दै शाहीले प्रमुख सचेतक शाहलाई हिजो जिम्मेवारीबाट मुक्त गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *