इजरायलमा नेपाली महिलाको कोरोनाका कारण मृत्यु

डिसी नेपाल
२८ असोज २०७७ १२:३६

काठमाडौं । रोजगारीको लागि इजरायल पुगेकी एक नेपाली महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोककी एक महिलाको गत ४ अक्टोबरमा कोरोनाको संक्रमणबाट ज्यान गएको तेलअबिबमा रहेकाे नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार ती मृतक महिलाको परिवारको सहमतिमा इजरायलमै अन्तिम संस्कार गरिएको  ।

इजरायलमा पछिल्लो समय सक्रमण तिब्र रुपमा बढ्दै गएकाले सावधानी अपनाउन समेत दूतावासले अनुरोध गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *