नेकपाले भन्योः बाबुराम भट्टराईले माफी माग्नुपर्छ
फाइल तस्वीर
काठमाडौं। पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत परियोजनामा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ कमिशन बाँडेर खाएको आफूसँग प्रमाण रहेको सार्वजनिक अभिव्यक्ति दिएपछि नेकपाले बाबुरामले माफी माग्नुपर्ने बताएको छ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले तथ्यहीन बिना प्रमाण हौवामा आरोप लगाइएको भन्दै माफी माग्नुपर्ने बताएका छन्। नेकपा प्रवक्ता श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुुष्पकमल दाहालले कमिशन खाएको प्रमाण रहेको भनि सार्वजनिक रुपमा दिएको अभिव्यक्ति विल्कुल आधारहीन, झुठ, गलत, कपोकल्पित एवं दुरासयपूर्ण रहेकाले त्यसलाई खारेज गर्दै नेकपा घोरभत्र्सना गर्दछ।’
नेकपाले कथाकथित प्रमाण भए सम्बन्धित निकायमा पेश गर्नसमेत भट्टराईलाई चुनौति दिएको छ। साथै नेकपाले सो कुरा झुठो भएको भन्दै उनले माफी माग्नुपर्नेसमेत बताएको छ।
यसअघि नै नेपाली काँग्रेसले पनि सो विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै प्रमाण देखाउन चुनौति दिएको थियो। साथै काँग्रेसले सो विषयमा अख्तियार दुरुयोग अनुसन्धान आयोगले अनुसन्धान गर्नुपर्नेसमेत बताएको थियो।

No ads found for this position

डिसी नेपाल
Facebook Comment