गम्भीर बिरामी बढ्दै, रेम्डेसिभिरको अभाव

डिसी नेपाल
२९ असोज २०७७ ७:२८

काठमाडाैं। कोरोनाभाइरसका गम्भीर बिरामीको संख्या दिनहुँ बढ्दै गर्दा तिनीहरुको अस्पताल बसाइ कम गर्न सहयोगी मानिएको तथा पछिल्ला दिनमा त्यस्ता बिरामीको उपचारमा लोकप्रिय बन्दै गएको औषधी रेम्डेसिभिर को अभाव देखिएको छ ।

परीक्षणका क्रममा रहेको यो औषधीको माग नेपालमा बढ्दो छ । तर यसको आपूर्तिको स्थिति अत्यन्त कमजोर बनेको छ । यो औषधि समयमै आयात गर्न सम्बन्धित सरकारी तथा निजी आयातकर्ता असफल देखिएका छन् ।

औषधि विभागले पहिलो चरणमा डेढ महिना अघि निजी आयातकर्तालाई यो औषधि ६ हजार भायल आयात गर्न अनुमति दिएको थियो । यसको अभाव बढेसँगै गत शनिबार थप ६ हजार भायल आयात गर्न अनुमति दिएको छ । तर, त्यो औषधी नेपाल आइपुग्न अझै केही साता लाग्ने देखिएको छ ।

निजी कम्पनीले यसअघि आयात गरेको ६ हजार भायलबाहेक नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अनुदानमा प्राप्त गरेको ७ हजार भायल तोकिएका अस्पतालहरुमा वितरण भइसकेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *