पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सामान्य, आजै डिस्जार्च हुने
फाइल तस्वीर
काठमाडौं। उच्चरक्त चाप भएपछि अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य भएपछि आजै डिस्चार्ज हुने भएका छन्।बुधबार उच्च रक्तचाप भएपछि खनाल धुम्बाहारीस्थिति ह्याम्स अस्पताल भर्ना भएका थिए।
‘एक्कासी उच्च रक्तचाप बढेपछि उहाँलाई बुधबार साँझ ह्याम्स अस्पताल भर्ना गरिएको थियो,’ खनालका स्वकीय सचिव कृष्ण भट्टराईले डिसी नेपालसँग भने, ‘अहिले रक्तचाप कम हुँदै गएको छ। रक्तचाप सामान्य भएपछि संभवत : आजै डिस्जार्च हुनुहुनेछ।’
यसैगरी नेता खनालको कोरोना टेस्ट पनि नेगेटिभ आएको छ। अस्पताल भर्ना हुनु अगाडि उनको कोरोना टेस्ट गरिएको थियो। डाक्टरले बुधबार बेडरेस्ट गर्न सुझाव दिएपछि खनाल अस्पताल भर्ना भएका हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment