जापानमा सरकारले कोरोना पीडितलाई दिने ऋणमा घोटाला गर्न खोज्ने २ नेपाली पक्राउ

डिसी नेपाल
२९ असोज २०७७ १०:३८

काठमाडौं। जापान सरकारले कोरोनाभाइरसका कारण पीडित बनेका कामदारहरुको लागि सहयोग गर्ने उद्देश्इले ल्याएको सरकारी ऋणमा घोटाला गर्न खोजेको आरोपमा २ नेपाली पक्राउ परेका छन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार कूल ३४ जना पक्राउ परेकोमा २ जना नेपाली नागरिक छन् । जापानी अधिकारीहरुका यी व्यक्तिहरुलाई पक्राउ गरिएको समाचार बाहिर आइसकेपछि ऋण लिएका अरु दर्जनौंले समेत आफूहरुले आवेदन दिने बेला आफूहरु योग्य भए नभएको थाहा नपाइ आवेदन दिएकोले अब त्यो लिइसकेको ऋण कसरी फिर्ता गर्न सकिन्छ भनेर सरकारी निकायमा सम्पर्क गरिरहेका छन् ।

यो नियोजित घोटालाको पछाडि संगठित आपराधिक समूहहरु भएको विश्वास गरिएको छ । पक्राउ परेका २ नेपालीले टोक्यो समाजकल्याण परिषदबाट ऋणको लागि आवेदन दिएका थिए । महानगरीय प्रहरी विभागको संगठित अपराध शाखाका एक अधिकारीले मिनिची अखबारलाई बताएअनुसार ती २ नेपालीले निवेदनमा आफूहरुको कमाइ शून्य भएको दावी गरेका थिए जबकि उनीहरुले त्यतिबेला रेष्टुरेण्टमा काम गरेर मासिक २ लाख येन (२ लाख २२ हजार नेपाली रुपैयाँ) कमाइरहेका थिए ।

उनीहरुको गैरकानुनी आवेदनको खुलासा अध्यागमन कानुनको उल्लंघनका विषयमा अनुसन्धानकर्ताहरुले सोधपुछ गर्ने क्रममा भएको थियो किनकि उनीहरुमध्ये एकले अनुसन्धानकर्ताहरुलाई सरकारले दिएको ऋण फिर्ता गर्ने आफ्नो कुनै मनसाय नभएको बताएका थिए । यो आकस्मिक ऋण महामारीका कारण आफ्नो आम्दानी ह्वात्तै गुमाएकाहरुको लागि ल्याइएको थियो । ब्याज नलाग्ने यो ऋण १० वर्षका लागि २ लाख येनदेखि ६ लाख येनसम्म दिने व्यवस्था गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *