नक्कली कागजात देखाएर जापान सरकारलाई ठग्ने दुई नेपालीमाथिको मुद्दा फिर्ता

ज्याक खड्का
२९ असोज २०७७ १४:०८
164
Shares

टोकियो । कोरोना महामारीका कारण संकटमा परेकाहरुलाई सरकारले दिने ऋणको दुरुपयोग गरेको आरोप लागेका नेपाली नागरिकमाथिको मुद्दा जापानले फिर्ता लिने भएको छ । महामारीमा परेका व्यवसायी तथा परिवारलाई उपलब्ध गराएको राहत फर्जी कागजात पेश गरेर लिएको आरोप दुई जना नेपालीलाई लगाइएको थियो।

कोरोनाको कारण जापानमा लगाइएको आपतकाल पश्चात आर्थिक संकटमा परेर जीबनयापन गर्न कठिन व्यक्तिहरुलाई यहाँको सरकारले उपलब्ध गराउने सहुलीयत ऋण लिंदा झुटो विवरण पेश गरेको उनीहरूमाथि आरोप थियो।

टोकियोस्थित अभियोजनकर्ताको कार्यालयले अब उनीहरुमाथी लगाइएको मुद्दा अघि नबढाउने निर्णय गरेको छ । मंलबार आरोपी ती दुई नेपालीहरुलाई केहि कारण नखुलाई मुद्दा अघि नबढाउने निर्णय गरेको टिबिएस टेलिभिजनले आफ्नो समाचारमा उल्लेख जनाएको छ । अब मुद्दा नलाग्ने भएपछि रिहा हुने बताइएको छ।

चार लाख येन ऋण पाउन गलत नक्कली कागजात कागजात पेश गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए । तर, उनीहरुले आफूमाथि लागेको अभियोग अस्वीकार गर्दै आएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *