कुवेतमा नेपाली दिदिबहिनी सवार कार दुर्घटना, बहिनीको मृत्यु, दिदि घाइते

डिसी नेपाल
३० असोज २०७७ ११:३४

कुवेत । कुवेतमा नेपाली दिदिबहिनी सवार कार दुर्घटनामा परेको छ । दुर्घटनामा झापाकी २७ वर्षीया प्रज्ञा प्रधानको मृत्यु भएको छ । गत ९ अक्टोबर शुक्रबार राती उनीहरु सवार कार दुर्घटनामा परेको थियो।

ड्यूटी सकाएर आवासमा फर्किने क्रममा उनीहरु सवार कारलाई अर्को कारले ठक्कर दिएको थियो । दुर्घटनापछि उनीहरुलाई लगत्तै स्थानीय आदान अस्पताल पुर्‍याइएको थियो । प्रज्ञाको अस्पतालमा अप्रेशन समेत गरिएको थियो । तर, रक्तस्राव नरोकिएपछि उनले मृत्युवरण गरेकी हुन् । उनलाई शनिबार बिहान अस्पालले मृत घोषणा गरेको थियो । उनको शव दूतावासको समन्वयमा विहीबार नेपाल पठाइसकिएको छ ।

प्रज्ञा विगत २६ महिनादेखि कुवेतको फर्टिटु स्पामा कार्यरत थिइन् । सोही दुर्घटनामा परेकी प्रज्ञााकी दिदि रितामाया प्रधान भने सामान्य घाइते भएकी छन् ।

प्रज्ञाको शव दिदि रितामाया र कुवेतमै कार्यरत दाजु कृष्णले बिहीबार नेपाल लगेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *