माइती जाने रहर

डिसी नेपाल
१ कार्तिक २०७७ ८:३५

मलाई श्रीमान् र परिवार सहित माइती जाने रहर छ
त्यहाँ गएर केक काटी सबै जना खाने रहर छ ।

छोरी ज्वाँइ खोई त भनी आमाले सोधेको सुन्ने रहर छ
हरेक चाडबाडमा त्यहाँ गएर सँगै बसी केक खाने रहर छ

आफू हुर्केको बढेको फूलको सुगन्धभित्र रमाउने रहर छ
गल्लीको कुकुर जस्तो आउने जाने गर्न भन्दा
स्वाभिमान साथ जिउने रहर छ

मलाई श्रीमान् र परिवार सहित माइती जाने रहर छ
त्यहाँ गएर केक काटी सबै जना खाने रहर छ
मेरो आँखामा आँसु बग्दा तिम्रो पनि बगेको देख्ने रहर छ
तिम्रो आँसु बग्दा मेरो पुछ्ने रहर छ

यो अजम्बरी सम्बन्धमा गलबन्दी जस्तै बाँधिने रहर छ
महिलाले महिलाको सम्मान गरेको देख्ने रहर छ
मलाई आमासँगै खेल्ने रहर छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *