आइसोलेसनबाट फरार थुनुवा पक्राउ

डिसी नेपाल
१ कार्तिक २०७७ १६:४७

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–११ स्थित महेन्द्र गेनाई अस्पतालको आइसोलेसनबाट फरार भएका एक थुनुवालाई आज प्रहरीले पक्राउ परेको छ ।

चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका लहान नगरपालिका–१३ निवासी रवीन्द्र यादव गत भदौ ९ गते बेलुका शौचालयको झ्यालबाट हामफालेर फरार भएका थिए । उनलाई लहान नगरपालिका–१९ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्वाब परीक्षणका क्रममा गत साउन २८ गते उनमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि यादवलाई महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनी त्यहीँबाट फरार भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *