बिहार चुनावमा भाजपा उम्मेदवार बनेका सिन्हाका भाईको नेपालमा अपार्टमेन्ट, छापा मार्दा भेटियो २३ किलो सुन
काठमाडौं। पर्साको वीरगञ्जस्थित गणेश अपार्टमेन्टमा प्रहरीले छापा मारेर शनिबार २३ किलो अवैध सुन बरामद गरेको छ। भारतीय नागरिक अशोकुमार सिन्हाको सो अपार्टमेन्टबाट सो अवैध सुन फेला परेको हो।
भारतीय सञ्चार माध्यमहरुका अनुसार बिहारको रक्सौलबाट भारतीय जनाता पार्टीको टिकटमा बिहार विधानसभा सदस्य उम्मेदवार बनेका प्रमोद सिन्हाका भाई अशोक सिन्हाको पर्साको वीरगञ्जस्थित गणेश अपार्टमेन्टमा प्रहरीले छापा मारेको हो।
प्रहरीले १ केजीका १३ वटा बिस्कुट, मझौला बिस्कुट ४६ थान र सानो बिस्कुट १०० ग्रामका १० थान बरामद गरेको छ। प्रहरीले सुनका गरगहना र चाँदीका भाँडासमेत बरामद गरेको छ।
नेपाल प्रहरीले अशोक सिन्हाबारे विस्तृत जानकारी भनेका दिएको छैन। तर, भारतीय सञ्चार माध्यमहरुले अशोक सिन्हा भाजपा उम्मेदवार प्रमोद सिन्हाका भाई रहेको उल्लेख गरेका छन्। प्रमोद सिन्हाले ३ करोड भारु दिएर भाजपाबाट टिकट लिएकोसमेत चर्चा रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। भारतीय सञ्चार माध्यमहरुले प्रमोदलाई नेपालका केही व्यापारीले सहयोग गरेकोसमेत उल्लेख गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment