आलोचना भएपछि सांसदहरुद्वारा धमाधम दशैं भत्ता फिर्ता
फाइल तस्वीर
काठमााडौं। महामारीका बेला सांसदहरुले दशैं भत्ता लिएपछि चौतर्फी आलोचना भएको छ। सरकारले खर्च कटौती गर्नुपर्ने उल्टो सांसदहरुलाई दशैं भत्ता भन्दै एक महिनाको तलब बराबर भत्ता बाँडेपछि आलोचना भएको हो।
सामाजिक सञ्जालमा दशैं भत्ताबारे व्यापक विरोध र आलोचना भएपछि धमाधम सांसदहरुले भत्ता फिर्ता गरिरहेका छन्। यसरी दर्शै भक्ता फिर्ता गर्नेहरुमा नेकपा सुदूरपश्चिम इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य भीम रावल पनि एक हुन्। उनले सामाजिक सञ्जालमा लेखेर भत्ता फिर्ता गरेको जानकारी दिएका छन्।
यस्तै काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले पनि दर्शै भत्ता फिर्ता गरेका छन्। उनले पनि सामाजिक सञ्जालमा भत्ता फिर्ता गरेको जानकारी दिएका छन्। अरु केही सांसदहरुले पनि भत्ता फिर्ता गर्ने जनाएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment