विश्वमा कोरोना : संक्रमितको संख्या चार करोड नाघ्यो, मृतकको संख्या ११ लाख १७ हजार बढी

डिसी नेपाल
३ कार्तिक २०७७ ७:३०

काठमाडौं। विश्वभर कोरोना संक्रमितको संख्या चार करोड नाघेको छ। तीमध्ये तीन करोड ५४ हजार ६८८ जना उपचारपछि निको भएका छन्। अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ११ लाख १७ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ।

जन हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा पछिल्लो २ घण्टामा ७० हजार नयाँ संक्रमित थपिएका छन्। जुलाई पछि एकै दिनमा यतिधेरै संक्रमित थपिएको यो पहिलो पटक हो।

एक दिन पहिला पनि अमेरिकामा ६८ हजार नयाँ संक्रमित थपिएका थिए। अमेरिकामा राष्ट्रपति चुनाव हुन मात्र दुई हप्ता बाँकी रहेको बेला संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको हो।

यसअघि ३१ जुलाईमा ६८ हजार नयाँ संक्रमित थपिएका थिए। अगस्त र सेप्टेम्बरमा संक्रमितको संख्या घट्न थालेको थियो। अक्टोबरमा संक्रमणको दोस्रो लहर सुरु भएको थियो।

अमेरिकामा हालसम्म ८३ लाख ८० हजार ४१८ जना संक्रमित पुगेका छन्। त्यहाँ २ लाख २४ हजार ६३६ जनाको मृत्यु भइसकेको छ भने ५४ लाख ५१ हजार १७२ जना निको भएका छन्।

दोस्रो नम्बरमा रहेको भारतमा कोरोना संक्रमितको संख्या ७५ लाख ४७ हजार ७५९ पुगेको छ। त्यहाँ १ लाख १४ हजार ६२९ जनाको मृत्यु भएको छ भने ६६ लाख ५८ हजार ९३७ जना उपचारपछि निको भएका छन्।

तेस्रो नम्बरमा रहेको ब्राजीलमा ५२ लाख २४ हजार ८२१ जना कोरोना संक्रमित भएका छन् भने ब्राजीलमा १ लाख ५३ हजार ७३० जनाको मृत्यु भएको छ। ब्राजीलमा ४६ लाख ३५ हजार ३१५ जना निको भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *