केएमसी अस्पतालको तेस्रो तलाबाट हाम्फाल्दा युवकको मृत्यु

डिसी नेपाल
३ कार्तिक २०७७ १०:३६

काठमाडौं। सिनामंगलस्थित केएमसी अस्पतालको तेस्रो तलाबाट हाम्फालेर एक युवकको मृत्यु भएको छ।

उपचार लागि आइतबार साँझ भर्ना भएका सोलुखुम्बूका रोशन खड्काले बिहान ८ः४५ मा हाम्फाल्दा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी आइतबार साँझ अस्पताल भर्ना भएका थिए। उनको मानसिक सन्तुलन ठिक थिएन।

सोलुखुम्बुको जुगु स्थायी घर भएका खड्का बानेश्वरमा बस्दै आएका थिए। प्रहरीका अनुसार उनले आफ्नो शरीरमा आगो लगाउने प्रयास गरेका थिए।

प्रहरीका अनुसार आगोले हातखुट्टा पोलेपछि उपचारका लागि उनलाई केएमसीमा ल्याइएको थियो। महानगरीय प्रहरी गौशलाका अनुसार उनलाई कुरुवा बसेकी आमा औषधि किन्न गएका बखत उनी झ्यालबाट हाम्फालेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *