दशैं भत्ताको ४३ लाख रुपैयाँ काँग्रेसले कोरोना भाइरस उपचार कोषमा जम्मा गर्ने

डिसी नेपाल
३ कार्तिक २०७७ १६:२३

काठमाडौं। महामारीको सयममा पनि सांसदहरुले दशैं भत्ता बुझेपछि भएको चर्को आलोचनाबाट नेपाली काँग्रेसले प्रभावित हुँदै सो रकम कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएको छ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले सोमबार विज्ञप्ति जारी गर्दै काँग्रेस सांसदको दशैं भत्ता वापत प्राप्त गर्ने ४३ लाख २० हजार ८१० रुपैयाँ सो कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिएका छन्।

काँग्रेसले कोरोना महामारीका कारण उत्पन्न विषम परिस्थितिमा दशै.भत्ता बाँड्ने काम उचित नभएको समेत बताएको छ।

काँग्रेसले भनेको छ, ‘कोरोना भाइरस महामारीको कारणले उत्पन्न हालको विषम परिस्थितिमा आमनेपाली जनताले रोग, भोक, अभाव, पीडा र कठिनाई भोगीरहेका अवस्थामा जनप्रतिनिधिलाई दशैं भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक र उचित नभएकोले नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुने संघीय संसदका सदस्यहरुलाई उपलब्ध गराईएको दशैं भत्ता वापतको रकम नेपाली कांग्रेसले फिर्ता गर्ने निर्णय गरेको छ । उक्त रकम वापत हुन आउने (रु ४३,२०,८१०।– त्रिचालिस लाख बीस हजार आठ सय दश) जनताको उपचारका लागि संघीय संसद सचिवालय मार्फत नेपाल सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा जम्मा गर्ने निर्णय गर्दछ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *