भिसा सकिएका विदेशी कामदारले ओमन प्रवेश गर्न नपाउने

डिसी नेपाल
३ कार्तिक २०७७ १७:३३

काठमाडौं। भिसा सकिएका विदेशी कामदारलाई ओमन प्रवेशमा रोक लगाइने भएको छ । ब्रिगेडियर सइद अल अस्मीले कोभिड १९ महामारी सम्बन्धि सर्वोच्च समितिको एक पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको स्थानीय मिडियालाई उद्धृत गर्दै गल्फ न्यूजले लेखेको छ ।

अहिले नयाँ भिसा जारी गर्न बन्द गरिएको छ । ओमनको वैधानिक बसोवास अनुमति पाएकाहरुले मात्र अहिले ओमन प्रवेश पाउने ब्रिगेडियर अल अस्मीले जानकारी दिए । उनले सर्वोच्च समितिले जारी गरेका सुरक्षाका मापदण्ड र नियमको पालना गरेर सहयोग गरेकोमा नागरिकहरु र देशमा बस्नेहरुलाई धन्यवाद दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *