नेकपा र काँग्रेसका सांसदले दशैं भत्ता कोषमा जम्मा गरेपछि सभामुखको धन्यवाद
काठमाडौं। नेकपा र काँग्रेसले संस्थागत निर्णय गरेर दशै. भत्ता वापतको रकम कोरोना उपचार कोषमा जम्मा गर्ने निर्णय गरेकोमा सभामुख अग्नि सापकोटाले धन्यवाद दिएका छन्।
उनले दशैं भत्ताका विषयमा चर्को आलोचना भएकोमा आफ्नो ध्यानाकर्षण भएकोसमेत बताएका छन्।
यो सन्दर्भमा नेकपा र काँग्रेसले उपयुक्त निर्णय गरेको भन्दै धन्यवाद दिएका छन्। उनले आफूले पनि दशै. भत्ता वापत पाएको रकम कोरोना उपचार कोषमा जम्मा गर्ने बताएका छन्।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment