थप ३०९३ जनामा कोरोना पुष्टि, डिस्चार्ज हुनेको संख्या ९६ हजार

डिसी नेपाल
४ कार्तिक २०७७ १६:४०

काठमाडौं । मंगलबार देशभर ३ हजार ९३ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका ३ हजार ९३ संक्रमित थपिएको जानकारी दिए। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख ३९ हजार १२९ पुगेको छ।

हालसम्म ९६ हजार ६०९ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा २ हजार १ सय८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ रहेको छ।

यस्तै आज काठमाडौं उपत्यकामा १ हजार ७०२जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा एक हजार ४३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको छ। गत २४ घण्टामा १३ हजार ८६१ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ४ हजार २२० जना क्वारेन्टिनमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *