मन्त्रिपरिषद्ले पारित गर्‍यो नयाँ परराष्ट्र नीति

खेमराज थापा
४ कार्तिक २०७७ २१:१३

काठमाडौं। सरकारले देशको नयाँ परराष्ट्र नीति पारित गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ परराष्ट्र नीति पारित गरेको हो। केही समयअघि नै परराष्ट्र मन्त्रालयले परराष्ट्र नीतिको मस्यौदा तयार पारेको थियो

परराष्ट्र मन्त्री प्रदीव ज्ञवालीले परराष्ट्र नीतिको मस्यौदाबारे विभिन्न चरणमा परराष्ट्र विद्हरुसँग छलफलसमेत गरेका थिए। नेपालले लामो समयपछि आफ्नो परराष्ट्र नीतिमा परिवर्तन गरेको हो। परराष्ट्रले असंलग्नता र पञ्चशीलको सिद्धान्त बाहेक अन्य नीति परिवर्तन गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो।

दुई छिमेकी मध्ये चीनसँग सुमधुर सम्बन्ध र भारतसँग तनावपूर्ण सम्बन्ध रहेका बेला नेपालले नयाँ परराष्ट्र नीति बनाएको हो। यसले भारतसँगको सम्बन्धलाई नयाँ आयममा परिभाषित गर्ने अपेक्षा गरिएको छ।

गत वर्ष भारतले नेपाली भूमि समेटेर पहिला नक्सा जारी गर्यो भने पछि नेपाली भूमि हुँदै सीमामा सडक बनायो। नेपालले त्यसप्रति कडा आपत्ति जनाउँदै वार्ताको प्रस्ताव गरे पनि भारतले वार्ताप्रति विश्वास नदेखाएपछि नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा बनाएर संविधानसमेत संशोधन गरेको छ। त्यसपछि नेपाल र भारतबीच कूटनीति वार्ता हुन सकेको छैन। यही महिना भारतीय थल सेना प्रमुख नेपाल आउँदै छन्।

यहीबीचमा नेपालले नयाँ नीति पारित गरेको हो। नयाँ नीतिमा छिमेकी मात्र नभएर यूरोप र अमेरिकासँगको सम्बन्धबारे पनि नयाँ ढंगले परिभारिषत गर्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *