अर्थतन्त्र उकास्न साझा प्रयासमा गभर्नरको जोड

डिसी नेपाल
५ कार्तिक २०७७ १९:०७

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानको निम्ति एएफआई र जि २४ का सदस्य राष्ट्रका सरकार र केन्द्रीय बैंकहरु केन्द्रित हुनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

जी २४ एएफआई पोलिसीमेकरर्स राउण्डटेबल बैठकमा भाग लिँदै उनले साना तथा मझौला उद्यम व्यवसायको पुनरुत्थानको निम्ति स्रोतको व्यवस्थापन, नीतिगत तथा नियामकीय सहुलियत, विद्युतीय बैंकिङ प्रणालीको प्रवद्र्धनका निम्ति केन्द्रित हुनुपर्ने बताए ।

गभर्नर अधिकारीले कोभिड संक्रमणको विषम परिस्थितिलाई विद्युतीय भुक्तानी प्रणाली र ई–कमर्श प्रवद्र्धनको अवसरका रूपमा लिइनुपर्ने आवश्यकता औंल्याए । उनले भने, “डिजिटल बैंकिङको प्रवद्र्धनबाट युवा पुस्ताको रोजगारी प्रवद्र्धन र उद्यमशीलताको विकासमा टेवा पुग्न सक्छ ।”
एलाइन्स फर फाइनान्सियल इन्क्लुजनका सञ्चालक समितिका सदस्यसमेत रहेका गभर्नर अधिकारीले कोभिडबाट देखिएको समस्यालाई अवसरको रुपमा लिएर अगाडि बढ्न्पर्ने उल्लेख गरे ।

सो बैठकमा सहभागीबीच कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको असरको न्यूनीकरणका निम्ति अवलम्वन गरिएका नीतिगत प्रयास र युवा पुस्ताको वित्तीय समावेशीकरणका विषयमा छलफल भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैठकमा आर्थिक वृद्धि र विकासमा युवा पुस्ताको भूमिका र डिजिटल वित्तीय साक्षरतामार्पmत वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकतामा समेत जोड दिइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *