नेपाली मूलका अमेरिकीले किन दिने बाइडेनलाई भोट?

संयुक्त राज्य अमेरिका अहिले राष्ट्रपतिय निर्वाचनले तातेको छ। रिपब्लिकन पार्टीका तर्बाफबाट त्यो पार्टीकै पनि अनुदारबादी धारका भनेर चिनिने वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो दोस्रो कार्यकालका लागि चुनावी मैदानमा छन् भने डेमोक्रेटिक पार्टीका तर्फबाट अघिल्ला राष्ट्रपति वाराक ओबोमाको उपराष्ट्रपति भएर एक कार्यकाल बिताइसकेका जो बाइडेन रहेका छन्।

नेपालीहरुको उपस्थिति अमेरिकामा हरेक दिन बढिरहेको अवस्थामा यहाँको नागरिता लिएर यहाको राज्य संचालनमा आफ्नो पनि सिमान्त भूमिका हुनुपर्छ भनेर यहाँको राजनीतिमा चासो राखेर निर्वाचन प्रक्रियामा भाग लिने नेपालीको संख्या पनि दिनानुदिन बढिरहेको छ। साथै सामाजिक संजालमा नेपालीहरु बीच यिनै दुई प्रमुख पार्टीहरुका पक्ष र विपक्षका उम्मेदवारहरुको प्रचारमा नेपाली समुदाय पनि विभाजित भएको पाइन्छ।

आगामी नोभेम्बर ३ मा राष्ट्रपतीय निर्वाचनको दिन भएता पनि अर्ली भोटिङको व्यवस्था भएकोले त्यसको फाइदा उठाउँदै धेरै मतदान गर्न अधिकार भएका नेपालीहरुले यसअघि नै मतदान गरिसकेका हुनसक्छन्। एउटा नेपाली अमेरिकनले यहाँको राष्ट्रपतीय निर्वाचनमा मत हाल्दै गर्दा कम्तिमा दुवै दलका उम्मेद्वारमध्ये कस्तो प्रकारको नीतिलाई उनीहरुले अवलम्बन गर्छन् भन्ने बिषयमा चासो राख्नु आवश्यक छ।

त्यसको आधारमा हामी र हाम्रा सन्ततीलाई पर्ने सक्ने असरको मूल्यांकन गर्नुपर्छ भन्ने ठानेर केही सामान्य नीतिगत बिषयहरु यहाँ उल्लेख गर्न खोजिएको छ। डेमोक्रेटिक पार्टीको आफ्नो राजनीतिक दर्शन उदार पुँजीवादी समाजबाद हो रिपब्लिकनको दक्षिणपन्थी पुँजीबाद हो।

डेमोक्रेटिकहरुको अर्थिक मान्यतामध्ये प्रमुख बिषय श्रमिकको न्यूनतम ज्यालास्तर निर्धारण गरिनु पर्ने, राज्यले प्रगतिशील कर प्रणालीलाई अवलम्बन गरिनु पर्ने जसमा व्यक्तिको आम्दानी बढेसंगै करका दर पनि बढाउनु पर्छ भन्ने हो भने रिपब्लिकनले श्रमिककको न्यूनतम ज्यालादर तोकिनु हुन्न, यो त बजारले माग र पूर्तिको नियमको आधारमा निर्धारण हुन्छ साथै करका दर आम्दानी बढेसँगै बढाउनु हुन्न अझ धेरै आम्दानीमा धेरै कर लगाउँदा लगानीमा ह्रास आउँछ जसले गर्दा अर्थतन्त्रलाइ घाटा लाग्छ भन्ने मान्यता राख्छ।

आगामी नोभेम्बर ३ मा राष्ट्रपतीय निर्वाचनको दिन भएता पनि अर्ली भोटिङको व्यवस्था भएकोले त्यसको फाइदा उठाउँदै धेरै मतदान गर्न अधिकार भएका नेपालीहरुले यसअघि नै मतदान गरिसकेका हुनसक्छन्। एउटा नेपाली अमेरिकनले यहाँको राष्ट्रपतीय निर्वाचनमा मत हाल्दै गर्दा कम्तिमा दुवै दलका उम्मेद्वारमध्ये कस्तो प्रकारको नीतिलाई उनीहरुले अवलम्बन गर्छन् भन्ने बिषयमा चासो राख्नु आवश्यक छ।

सामाजिक र मानवीय नीतिहरु समुदाय र सामजिक दायित्वका रुपमा राज्यले बहन गर्नुपर्ने, उपभोक्ताको संरक्षण गर्नका लागि राज्यको नियन्त्रण र नियमन हुनुपर्ने कुरालाई डेमोक्रेटिक पार्टीले उठाउछ भने यो सवालमा रिपब्लिकनहरु ब्यक्तिगत स्वतन्त्रताको पक्षपाती भएको पाइन्छ, सामाजिक सुरक्षामा राज्यको भूमिका हुनु नहुने वा कम गर्नुपर्ने मान्यता यिनीहरुको रहेको छ। सरकारी संरक्षणले वा उपभोक्ताको पक्षमा गरिएका बजार नियन्त्रणले खुल्ला बजारमा असर पर्ने जसले गर्दा अर्थतन्त्र र रोजगार वृद्धिमा असर पुग्ने मान्यता राख्छन्।

राज्यले सुरक्षा खर्च कटौती गर्नुपर्ने कुरा डेमोक्रेटहरुले गर्छन् भने सुरक्षा खर्च बढाउनु पर्ने मान्यता रिपब्लिकनहरुको रहेको छ,त्यसैगरी गर्भपतन र तेस्रोलिंगी बिबाहलाई कानुनी मान्यता दिनुपर्ने बिषय डेमोक्रेटहरुको हो भने रिपब्लिकनहरु यो बिषयमा कानुनी मान्यता दिनु नहुने पक्षमा रहेका छन्।

राज्यले नागरिकको स्वास्थ्यसुरक्षाको जिम्मेवारी लिनुपर्छ, जनताको स्वास्थ्य राज्यको दायित्व भित्र पर्नुपर्छ भन्ने बिश्वब्यापी मान्यतालाई डेमोक्रेटहरुले प्रवर्धन गर्छन् भने रिपब्लिकनहरुका अनुसार स्वस्थ्य सुबिधा निजी क्षेत्रले सार्वजनिक क्षेत्रले भन्दा गुणात्मक ढंगले प्रदान गर्न सक्छन् त्यसैले यो प्रतिष्पर्धाको आधारमा निजी क्षेत्रलाई नै अन्य बस्तु तथा सेवाको ब्यापारझैँ संचालन गर्न छोडिदिनु पर्छ।

अन्य मुलुकबाट आएका अप्रवासीहरुको सवालमा डेमोक्रेटहरु धेरै नै उदार हुनुपर्ने, हरेक आप्रवासीलाई यहाँको नागरिक हुने बाटो सहज बनाउदै लानुपर्ने, कागजविहीन अप्रबासीहरुलाई देश निकाला गर्नेभन्दा पनि कानुनी प्रक्रियाद्वारा कागज बनाउने मार्ग प्रशस्त गर्ने वकालत गर्छन् भने यसका प्राबधानहरुलाई कडाई गर्दै लाने र यहाँको जनसंख्याको संरचनामा गोरा जातिको नै सधैं बाहुल्यता हुनुपर्ने मान्यता साथै कागजबिहिन अप्रवासीहरुलाई देश निकाला गर्नुपर्छ, यिनीहरु अपराधी हुन् भन्ने मान्यता ट्रम्प समर्थकहरुमा पाइन्छ।

दुवै दलका उम्मेदवार जो भएता पनि प्रजातान्त्रिक अभ्यासको लामो इतिहासको भएको राष्ट्रमा नीति निर्माणमा व्यक्तिको प्रभाव कम हुन्छ र त्यो प्रणालीकै आधारमा चलेको हुन्छ। राष्ट्रपतिमा निर्वाचित भैसकेपछि निर्वाचित ब्यक्तिले सानातिना बिषयमा व्यक्तिगत प्रभाव पारे पनि आफ्नो मुलभूत नीति भनेको आफ्नो दलको नीतिलाई मान्दछ र त्यसलाई लागू गर्ने दिशामा राज्यलाई लाने कार्य गर्दछ।

अर्को मुलुकवाट आएर यहाँको राज्य संचालनमा मेरो पनि देन हुनु पर्दछ भनेर मतदान गर्न तयार हुने अरु मुलका मानिससँगै नेपालीहरुले पनि यी मुद्दाहरुलाई गम्भीरतापुर्वक मूल्यांकन गर्नुपर्छ। हामीले १ भोट हाली रहदा हामी हिजो उपलव्ध भएको कुनैपनि सेवा सुबिधाप्रतिको पुरस्कार दिइरहेको हुँदैनौं बरु हाम्रो भविष्यका लागि, भविष्यका हाम्रा जिन्दगीहरु प्रति असर पर्ने राज्यका नीति नियमहरु कस्तो प्रकारका हुनुपर्छ भनेर आफ्नो अभिमत दिइरहेका हुन्छौं।

हाम्रा भविष्यका आवश्यकतालाई नजरअन्दाज गर्ने हो भने अमेरिकन नेपालीहरुले कसले जित्नु पर्ने हो , कसलाई जिताउनु पर्ने हो भन्ने द्विविधा राख्नु पर्ने या यहाँ विभाजित हुनु पर्ने कुनै कारण नै छैन। उदाहरणको लागि हामी संसारभरिका नेपालीहरु धेरैजसोले नेपालको सवालमा गोविन्द केसीलाई समर्थन गर्छौ किनकि हाम्रो मान्यतामै छ शिक्षा, स्वास्थ्य र रोजगार राज्यको दायित्वभित्र पर्नुपर्छ भनेर। त्यही बिषय डा. गोविन्द के सीले उठाएको कारण हामीले समर्थन गरेका हौं।

त्यस्तै यहाँ पनि हामीले समान मान्यता लाएर हेर्न सक्नु पर्छ र त्यसरी मुद्दाको आधारमा हामीले हेर्यौं भने हामी कतै अल्मलिदैनौ, हामीलाई द्विविधा हुन्न, हामी विभाजित हुदैनांै र हामी सम्पूर्ण अमेरिकन नेपालीको उम्मेदवार भनेकै जो बाइडेन र कमला ह्यारिस नै हुनेछन् साथै हाम्रा सन्ततिको यो भूमिमा सम्मानजनकरुपमा बाँच्न पाउने विषयमा हामीले गलत भूमिका खेलेनौं भन्ने हुनेछ। हामी मान्छे मान्छे बीचमा विभेद हुनुहुन्न, समुदाय र वर्णको आधारमा विभेद हुनुहुन्न। मान्छे मान्छेबीचमा घृणा रोपिनु हुन्न, छालाको रंगको आधारमा मान्छेको वर्गीकरण हुनु हुदैन भन्नेकुराको पक्षपाती हुनेछौं।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो