प्रधानमन्त्री र ‘रअ’ प्रमुख भेटको विषयवस्तु तत्काल सार्वजनिक गर्न विप्लव नेकपाको माग

डिसी नेपाल
९ कार्तिक २०७७ ०:०३

काठमाडौं, नेत्रविक्रम चन्द (विप्लव) समूले प्रधानमन्त्री केपी शर्मा ओली र ‘रअ’ प्रमुख सामान्त कुमार गोयलबीच भएको छलफलको विषयबस्तु सार्वजनिक गर्न माग गरेको छ ।

शनिबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गठन गरेको जनपरिषद, नेपालले प्रेस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री र भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख भेटको विषय तत्काल सार्वजनिक गर्न माग गरेको हो ।

विज्ञप्तीमा भनिएको छ, ‘हालै नेपाल सरकारका प्रधानमन्त्री केपी ओलीले भारतीय खुफिया संस्था ‘रअ’ का प्रमुख सामन्त कुमार गोयलसँग भेटघाट गर्नु भनेको नेपाल र नेपाली जनताका निम्ति हदैसम्मको लज्जास्पद विषय हो ।’

प्रधानमन्त्रीको उक्त क्रियाकलापले नेपालको संसदीय व्यवस्था दलालहरूको हातबाट सञ्चालित छ, भन्ने कुरा स्पष्ट गर्ने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *