एक अनलाइनले झुटो समाचार लेखेको भन्दै प्रज्ञाका दुई पूर्व सदस्य सचिवद्वारा ध्यानाकर्षण

डिसी नेपाल
९ कार्तिक २०७७ ११:३२

काठमाडौं । प्रज्ञा प्रतिष्ठानका २ पूर्व सदस्य सचिवले मिडियामा आफूले बोल्दै नबोलेका कुरा आएको भन्दै खण्डन गरेका छन। सदस्य सचिव द्वयले एक अनलाइनले आफूहरुले बोलेको कुरालाई आफ्नो अनुकुल बनाएर प्रकाशित भएको भन्दै ध्यानाकर्षण भएको जनाएका छन्।

प्रतिष्ठानका पूर्व सदस्य सचिवद्वय डा.ध्रुवचन्द्र गौतम र डा.तुलसी भट्टराईले छुट्टा छुट्टै प्रेसविज्ञप्ति प्रकाशित गरी ध्यानाकर्षण समेत भएको जनाएका हुन्। विज्ञप्तिमा यही कार्तिक ५ गतेको एक अनलाइनमा प्रकाशित प्रज्ञासँग लेखकमाथि छानबिन गर्ने अधिकार छैन भन्ने समाचारमा उक्त अनलाइन पत्रिकाका प्रतिनिधिले हामीले भनेका कुरालाई बङ्ग्याई आफूअनुकूल पारेर तथा भन्दै नभनेका कुरा थपेर प्रकाशित गरेकोमा आफ्नो ध्यानाकर्षण भएको छ भनिएको छ।

डा. खगेन्द्र लुइँटेलले लेखेका र प्रज्ञाले प्रकाशन गरेको पुस्तकका सम्बन्धमा प्रज्ञालाई समेत मुछेर केही अनलाइन पत्रिकाले प्रश्न उठाएकोमा प्रज्ञा प्रतिष्ठानले एक छानबिन समिति बनाएपछि पूर्व सदस्य सचिवहरुसँग लिएको अन्तर्वार्ता भनी उक्त अनलाइमा वाइलाइन आएको थियो।

यस सम्बन्धमा नेपाल प्रज्ञा प्रतिष्ठानका वर्तमान सदस्य सचिव प्रा.जगत् प्रसाद उपाध्यायले नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेका कुनै पनि कृतिका सम्बन्धमा प्रश्न उठेमा प्रज्ञाले छानबिन गरी यथार्थ सार्वजनिक गर्नसक्ने धारणा व्यक्त गर्दै छानबिन समितिले हाल अध्ययन गरिरहेको र निकट भविष्यमै सत्यतथ्यमा आधारित भई प्रस्तुत प्रतिवेदन प्राज्ञ परिषदमा पेस भएपछि प्राज्ञ परिषद्ले यथार्थ सार्वजनिक गर्ने बताए।

उनले प्रज्ञाले प्रकाशन गरेका कुनै लेखकका कृतिमाथि प्रश्न उठेमा छानबिन गर्दा प्रज्ञा प्रतिष्ठान र लेखक दुबैलाई आरोपबाट मुक्त हुने र सफाइको अवसर पनि प्राप्त हुने हुँदा यसबाट गल्ती नगर्ने कुनै लेखकले डराउनुनपर्ने पनि बताएका छन्। उनले नेपाल प्रज्ञा प्रतिष्ठानले लेखकहरूलाई सदैव सम्मान गर्दै आएको र गरिरहने पनि बताएका छन ।सदस्य सचिव उपाध्यायले नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यहरू, प्राज्ञ सभा सदस्यहरु,आजीवन सदस्यहरु, कर्मचारी वर्ग र आम स्रष्टाहरूमा कुनै पनि गलत समाचारका भ्रममा नपर्न पनि आह्वान गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *