राष्ट्रपति भण्डारीद्वारा आमा मिथिला पाण्डेका हातबाट टीका ग्रहण

डिसी नेपाल
१० कार्तिक २०७७ ११:१२

काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज आमा मिथिला पाण्डेका हातबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी छन्।

राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकाे राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिए।

सो अवसरमा राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइदिएकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *