रेशम फिरिरी गीत गाउँदै चिनियाँ राजदूत यान्छीले दिइन् दशैँको शुभकामना [भिडियाे]

डिसी नेपाल
१० कार्तिक २०७७ १७:२१

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीत गाउँदै दशैँको शुभकामना दिएकी छिन् ।

उनले ट्विटरको आफ्नो अफिसियल एकाउन्टमा नेपालको मौलिक गीत ‘रेशम फिरिरी’ गाएको भिडियो सार्वजनिक गर्दै नेपालीहरुलाई दशैँको शुभकामना दिएकी हुन् ।

यो गीत गाउन उनले आफ्ना सहकर्मीहरुसँग मिलेर निकै अभ्यास गरेको बताएकी छिन् । अन्तमा गीत गाउन सफल भएको उनकाे भनाइ छ । यसले सबैलाई शौभाग्य र खुशी ल्याओस् भन्दै दशैँको शुभकामना दिएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *