पछिल्लो २४ घण्टामा उपत्यकामा थप ८९४ जना संक्रमित

डिसी नेपाल
१० कार्तिक २०७७ १८:५३

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ८९४ जना संक्रमित थपिएका छन् । यसमा ३८० जना महिला र ५१५ जना पुरुष रहेका छन् ।

देशभर पछिल्लो २४ घण्टामा १७४१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ५ हजार ६ जनाको पीसीआर परीक्षण गर्दा १०६४ पुरुष तथा ६७७ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *