कम्प्युटर प्रसेसर उत्पादक कम्पनीहरु एएमडी र झिलिङ्क्स एक हुने

डिसी नेपाल
११ कार्तिक २०७७ १८:१४

क्यालिफोर्निया(एजेन्सी) चिप्स उत्पादक कम्पनी एएमडीले झिलिङ्क्स नामको अर्को चिप्स उत्पादक कम्पनीलाई ३५ अर्ब डलरमा खरिद गर्ने निर्णय गरेको छ ।

यो खरिदसँगै अर्को विश्व प्रसिद्ध चिप्स उत्पादक कम्पनी इन्टेलसँगको प्रतिस्पर्धा अरु तिब्र हुने अनुमान गरिएको छ ।

झिलिङ्क्सलाई एएमडीमा गाभेसँगै यसको शेयर बजारको अनुपात पनि टुंगो लागेको छ । झिलिङ्क्सका शेयरधनीले अब प्रतिशेयर १.७२३४ प्राप्त गर्ने छन् । एएमडीको शेयर हिस्सा ७४ प्रतिशत रहनेछ भने झिलिङ्क्सको करिब २६ प्रतिशत हुनेछ ।

एएमडीले उत्पादन गरेका प्रसेसर टेक्नोलोजीहरु सिपियू, जिपियू, एफपीजिए लगायत सफ्टवेयर संचालनमा उच्च गुणस्तर कायम हुनुका साथै बजारमा प्रभाव पार्नेछ ।

झिलिङ्क्सका प्रमुख कार्यकारी भिक्टर पेङले एएमडीसँगको सहकार्यले बजार विस्तारका साथै डेटा सेन्टर संचालनमा थप प्रगति हुने विश्वास व्यक्त गरे।

एएमडीका प्रमुख कार्यकारी डा लिसा सू ले संयुक्त कम्पनीको प्रमुख कार्यकारीका रुपमा जिम्मेवारी सम्हाल्ने छन्। पेङ भने एएमडीको अध्यक्ष रहनेछन्, र झिलिङ्क्स तर्फको व्यवसाय र रणनीतिक वृद्धिका बारेमा नेतृत्व लिनेछन् ।

यो सम्झौतालाई अर्को वर्षको अन्त्यसम्ममा पूर्ण कार्यान्वयन भइसक्ने छ । यो सम्झौतालाई दुबै कम्पनीका शेयरधनीहरुले अनुमोदन गर्नु पर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *