मलेसियामा अवैधानिक विदेशि कामदारको निम्ति ‘रिहाइरीङ’ खुल्ने

डिसी नेपाल
१२ कार्तिक २०७७ १९:३७

क्वालालम्पुर । मलेसियामा अवैधानिक विदेशि कामदारको निम्ति पुर्ननियुक्ति ‘रिहाइरीङ’ खुल्ने भएको छ । यसबाट अवैधानिक नेपालीहरूलाई पनि फाईदा हुने भएको छ ।

कोरोना महामारीका बिच धेरै भन्दा धेरै कामदारहरु काम नपाएर बेरोजगार हुनुपरेता पनि मलेसियामा भने बिभिन्न क्षेत्रलाई लक्षित गरि पुर्ननियुक्ति अर्थात ‘रिहाइरीङ’ यहि नोभेम्बर १ तारिकबाट खुल्ने भएको छ ।

मलेसिया स्थित मानव श्रोत मन्त्रालयद्वारा जारी विज्ञप्तिका अनुसार सर्भिस, कृषि, औद्योगिक, कन्ट्रक्सन, प्लान्टेसन लगायतका क्षेत्रमा ‘रिहाइरीङ’ खुलेको हो । तर, यस पटकको ‘रिहाइरीङ’ भने बिगतको जस्तो छैन । यस पटक भने अवैधानिक विदेशि नागरिकहरुलाई काममा राख्नु अगाडी ‘माई फ्युूचर जब’ मार्फत आवश्यकता आह्वान गरेपछि मात्र प्रक्रिया अगाडी बढाउन सकिनेछ ।

स्थानिय नागरिकलाई जागिरको लागि पहिलो प्राथमिकता दिनको लागि साथै बिचौलीयाहरुलाई प्रवेश नदिन एकद्धार प्रणालीको रुपमा काम गर्नको लागि पनि उक्त प्रक्रिया अपनाइएको जनाइएको छ । कुनैपनि कम्पनीमा खाली रहेको पदमा स्थानिय नागरिकले काम गर्न इच्छा नदेखाएमा मात्र विदेशि कामदार राख्न पाइनेछ ।

कोरोना कहरको कारणले मलेसियाको अर्थतन्त्रमा असर गरेकोले यस अर्थतन्त्रलाई टेवा पुर्याउनको लागि पनि यस किसिमको ‘रिहाइरीङ’ खोलेको केहि ब्यापारीहरुको बुझाई रहेको छ । किनभने प्रत्येक अवैधानिक विदेशि कामदारले मलेसियामा भिषा प्रक्रिया सुरु गरेपछि लेवि, कम्पाउन्ड, स्पेशल पास, मेडिकल लगायतका नाममा हजारौं रिंंगेट मलेसियन सरकारलाई तिर्नुपर्नेहुन्छ ।

यस कार्यक्रम अन्तर्गत मलेसियामा अवैधानिक रूपमा रहेका नेपालीहरूले पनि बैधानिक हुने अबसर पाउनेछन् । आफुले काम गर्ने कम्पनि छानेर रोजगारदातासँग सम्झौता गरेर अवैधानिक नेपालिहरूले बैधानिक हुन पाउनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *