७ जना नेपाली विद्यार्थी भागेपछि भारतमा नेपाली शिक्षकले आफू दोषी भन्दै आत्महत्या गरे

काठमाडौं। भारतको एक आवासीय विद्यालयका ७ जना विद्यार्थीहरुलले आफ्ना बरिष्ठ शिक्षकमाथि कुटपिटको आरोप लगाउँदै विद्यालयबाट भागेपछि सोही विद्यालयमा पढाउँदै आएका एक नेपाली शिक्षकले आत्महत्या गरेका छन् । भारतको देहरादुनमा रहेको बौद्ध विद्यालय शाक्य एकाडेमीबाट ७ जना विद्यार्थीहरु भागेपछि २५ वर्षका ती नेपाली शिक्षकले आफूलाई सो घटनाको दोषी भन्दै आत्महत्या गरेका हुन् । ती शिक्षकको सुसाइड नोटको आधारमा पुलिसले अनुसन्धान अगाडि बढाएको टाइम्स अफ इण्डियाले जनाएको छ

केही दिनअघि यो विद्यालयका ७ जना विद्यार्थीहरु आफ्नो घर नेपाल आउनका लागि विद्यालयबाट भागेका थिए । ती विद्यार्थीहरुले सामाजिक संजालमा एउटा भिडियो लाइभ गरेर आफूहरुले चाडपर्वको बेलामा घर जान भन्दै विदा माग्दा बरिष्ठ शिक्षकले कुटपिट गरेको आरोप लगाएका थिए । आत्महत्या गर्ने शिक्षकले विद्याथीृहरुले यसरी शिक्षकमाथि आरोप लगाउने स्थिति आउनुमा आफू जिम्मेवार भएको सुसाइड नोटमा उल्लेख गरेको समाचारमा जनाइएको छ । यस विषयमा भारतस्थित नेपाली दूतावासलाई पनि जानकारी गराइएको बताइएको छ ।

पुलिसले विद्यार्थीहरुले भिडियोमा गरेको दावीको पनि जाँच गरिरहेको छ । अक्टोबर २७ र २८ मा ७ जना नेपाली विद्यार्थीहरु बनबासासम्मको लागि ट्याक्सी लिएर स्कुलबाट भागेका थिए । तीमध्ये ४ जना आफ्नो घर जान सफल भए तर अरु ३ जनालाई भने बनबासा चेक प्वाइन्टमै रोकियो र फेरि स्कुलमै फिर्ता ल्याइयो । बनबासामा ती तीन जना विद्यार्थीलाई लिन गएका शिक्षकहरुमध्ये मृतक शिक्षक पनि एक थिए । शनिबार ती तीन जना भागेका विद्यार्थीहरुलाई लिएर स्कुलमा फर्केसँगै ती शिक्षकले आफूलाई एक कोठामा बन्द गरेर झुण्डिएको बताइएको छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो