रअ प्रमुख काठमाडौं आएपछि नेकपा विवाद उत्कर्षमा पुग्नु संयोग कि नियोजित?

डिसी नेपाल
१७ कार्तिक २०७७ १५:०३

यतिबेला मुलुकभित्र झण्डै दुई तिहाइ बहुमतका साथ सरकार संचालन गरिरहेको सत्तारुढ दल नेकपाभित्रको विवादले निकै चर्चा पाएको छ। राजनीतिक अस्थिरका कारण आजित भएका नेपाली जनताले बहुमत ल्याउनसमेत समस्या हुने निर्वाचन प्रणालीमा समेत झण्डै दुई तिहाइ बहुमत दिएर नेकपालाई सरकारको संचालनको जिम्मा लगाएका थिए।

जनताले यसरी विश्वास गर्नुको पछाडि राजनैतिक स्थिरताको अपेक्षा, नेकपा गठबन्धनले अगाडि सारेका एजेण्डाप्रति विश्वास र ठूला राजनैतिक परिवर्तनले ल्याएका उपलब्धीहरु संस्थागत हुन्छन् भन्ने विश्वास थिए।

धेरै ठूलो संघर्ष, धेरै ठूलो दुःख कष्ट झेलेर प्राप्त गरेको गणतन्त्र, राज्यसत्ता र सशक्त तथा संगठित वृहत्तर कम्युनिष्ट शक्ति निर्माण गर्ने सपना यिनै नेता केपी ओली पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाललगायतले देखेका थिए।

जनताले पनि यी नेताहरुबाट ती सपनाहरु पूरा हुन सक्ने र ती लक्ष्यहरु हासिल हुँदा आम जनताको जीवनस्तरमा पनि उल्लेख्य सुधार हुने अपेक्षा गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सीका प्रमुख कसले पठाएका आएका थिए? किन आएका थिए र के विषयमा आपसमा संवाद भयो? त्यो आम नागरिकलाई स्वयंले भन्नुपर्छ। सार्वभौम सम्पन्न जनताको त्यो थाहा पाउने अधिकार छ। होइन भने त्यो भन्न नसक्ने हो भने प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक अधिकार रहँदैन।

निर्वाचनताका यी नेताहरुले दिने अभिव्यक्तिबाट पनि त्यस्तै पुष्टि हुन्थ्यो। अझ तिनै नेताले संसारको कुनै पनि शक्तिले अब कम्युनिष्ट पार्टी विभाजन हुने कुरा नसोचे हुन्छ भनेर पटक पटक अभिव्यक्ति दिए।

उत्तरका छिमेकी र दक्षिणका छिमेकीले पनि यो कुरा बुझुन् नेपालमा अब कम्युनिष्ट शासन आयो, गणतन्त्रमा कम्युनिष्ट शक्तिको विकल्प रहँदैन भनेर प्रचण्डले पटक पटक अभिव्यक्ति दिए।

आज भन्दा केही महिना अगाडि प्रधानमन्त्रीले संसदलाई गरेको सम्वोधनको रेकर्ड सुन्ने वा हेर्ने हो भने उनले पनि नेकपालाई विभाजन गर्ने र नेपालको सरकारलाई ढाल्ने सोच नराख्न बारम्बार चेतावनी दिएका थिएका थिए।

नेताहरुका यस्ता अभिव्यक्ति र संकल्पका बावजुद नेकपा विभाजनतार्फ कसरी अगाडि बढ्यो? कसरी नेकपाका शीर्ष नेताहरुबीच एकमत हुन सकेन? गणतन्त्रपछिको संघीय संसदको चुनावले दिएको परिणाम र दुई तिहाइ बहुमतको सरकार यिनै नेताहरुको लागि सम्हालिनसक्नु कसरी भयो? निर्वाचनको बेला दुई फरक फरक पार्टीहरु थिए जो निर्वाचनको एक वर्षपछि एकीकरण भएका थिए।

त्यतिबेला दुई छुट्टाछुट्टै शक्ति एकीकरण गर्ने शक्ति के थियो र अहिले त्यो शक्ति किन कमजोर भयो? जनताले धेरै प्रश्नहरुको जवाफ खोजिरहेका छन्। उतिबेला एकताबद्ध भएर समृद्धिको दिशामा अघि बढ्ने भनेका नेताहरुले आज बाँदरको हातमा नरिवल भने झैं शक्ति बाँडफाँडकै लागि झगडा गर्लान् र पार्टी फुटाउलान् अनि आम जनताका आकांक्षा र समस्या एकातिर नेताको शक्ति संघर्ष, पद, शक्तिको लेनदेनको झगडा अर्कोतिर होलान भनेर सायद नेकपालाई मत दिने जनताले सोचेका पनि थिएनन् होला। कार्यकताको मानसपटलमा थिएन पनि होला।

आज जसरी भारतीय खुफिया एजेन्सी रअका प्रमुख आउनु र नेकपाका अध्यक्षद्वयमा वैमनश्यता बढ्नु संयोग मात्रै मान्न सकिने अवस्था छैन। नेकपाका शीर्ष नेता अब सँगै बस्न नसक्ने भए कि भनेर कार्यकर्ता पंक्तिमा चिन्ता हुनु आफैंमा ठूलो दुर्भाग्य हो। मुलुकको नेतृत्व लिने नेताले सबैलाई मिलाउन र चित्त बुझाउन सक्नैपर्छ। नभए पनि आफ्ना पार्टीका शीर्षस्थ नेतालाई सँगै राखेर लिएर हिँड्न सक्नुपर्छ।

होइन भने त्यस्तो नेतालाई नेता मान्न सकिँदैन। त्यो केवल समयको फाइदा लिने स्वार्थी मात्रै हो। यस्ता स्वार्थीले न मुलुकलाई नेतृत्व दिन सक्छन् न पार्टीलाई दिन सक्छन् न मुलुकलाई संविधान सम्मत रुपमा डोर्याउँछन्। साँच्चै भन्ने हो भने अहिले नेकपाका नेताहरु कुसुलेले चनाउने कठपुतलीजस्ता कसैले पर्दा पछाडिबाट नचाइ वा खेलाइ राखेका कठपुतली जस्ता देखिन लागेका छन्। यो अर्को दुर्भाग्य हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सीका प्रमुख कसले पठाएका आएका थिए? किन आएका थिए र के विषयमा आपसमा संवाद भयो? त्यो आम नागरिकलाई स्वयंले भन्नुपर्छ। सार्वभौम सम्पन्न जनताको त्यो थाहा पाउने अधिकार छ। होइन भने त्यो भन्न नसक्ने हो भने प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक अधिकार रहँदैन।

जसले प्रधानमन्त्रीको कुर्सीमा पुर्याए, उनीहरुको मनमा उब्जिएको प्रश्नको निवारण प्रधानमन्त्रीले गर्नैपर्छ। अरु नेताहरु भारतीय एजेन्सी रअको प्रभावमा परेर अफ्नो विरुद्ध गतिविधि गर्न लागेको कुरालाई काउन्टर दिने योजना अनुरुप भारतीय प्रधानमन्त्रीका सल्लाहकारसँगको कुराकानीबाट नेपाल पठाइएका रअका प्रमुखलाई भारतीय प्रधानमन्त्रीको विशेष दूतका रुपमा आएका भनिनु सरासर गलत हो। उनको औपचारिक कि अनौपचारिक भ्रमण हो भन्नेसम्म त प्रधानमन्त्रीले खुलाउनुपर्छ।

औपचारिकको एउटा प्रक्रिया हुन्छ, अनौपचारिकको अर्को प्रक्रिया हुन्छ, यी दुई मध्ये के हो जनतासमक्ष स्पष्ट रुपमा भन्नुपर्छ। बाँकी अढाइ वर्ष कुर्सीमा टिक्नका लागि जे पनि गर्न पाइँदैन।

त्यसका लागि जनताले मत लिएर पठाएका त होइनन्। त्यसकारण प्रधानमन्त्री इतरका नेताहरुले आज उठाएका प्रश्न जनताका प्रश्न हुन्। प्रधानमन्त्रीले त्यसको निराकरण गर्न वा सुल्झाउन सक्नुपर्छ। अन्यथा प्रधानमन्त्री स्वयंले नेकपाले र नेपाली जनताले चाहेको र चाहनामा कुठाराघात हुने दुर्भाग्य निम्तिने कुराहरुमा नरजअन्दाज गर्न सकिँदैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *