साउदीमा रहेका नेपालीलाई फेसबुकमा अभद्र कमेण्ट नलेख्न चेतावनी, केही नेपालीले सजाय भोग्दै

डिसी नेपाल
१८ कार्तिक २०७७ १६:३२
592
Shares

रियाद । साउदी अरबस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सामाजिक सञ्जाल (फेसबुक) मा जथाभावी कमेण्ट नलेख्न सचेत गराएको छ ।

दूतावासले मंगलबार एक सार्वजानिक सूचना जारी गर्दै राजदूतावासबाट सार्वजानकि गरिने सूचनाहरुमा जथाभावी अभद्र कमेण्टहरु पोष्ट नगर्न अनुरोध गरेको हो।

सोमबार राजदूतवासबाट प्रकाशित राहदानी नवीकरण सम्बन्धी सार्वजनिक सूचनामा ‘लभ्ली केटो’ नामक फेसबुक आइडीबाट कमेन्ट गर्ने एक व्यक्तिले नेपाली महिला कामदारलाई अपमान गर्ने प्रकारको अभद्र पोष्ट गरेको पाइएको भन्दै दूतावासले सो पोष्ट तुरून्त हटाउन चेतावनी समेत दिएको छ ।

त्यस्तै दूतावासले साउदी अरबमा फेसबुकलगायत अन्य सामाजिक संजालको प्रयोगका माध्यमबाट पोष्ट वा लाईभ पोष्ट गर्दा वा कसैलाई म्यासेज पठाउँदा वा कुनै पनि विषयमा कमेन्ट गर्दा स्थानीय साइवर तथा अन्य कानूनको पूर्ण पालना गर्न समेत सचेत गराएको छ।

यसअघि स्थानीय कानूनको विरूद्द हुनेगरी काम गरेका कारण साउदीमा अहिले केही नेपालीले गम्भीर प्रकृतीको सजाय भोगिरहेको पनि दूतावासले जानकारी गराएको छ । आफ्नो जिम्मेवारी प्रति सचेत भइ आ–आफ्नो काम गर्न  समेत दूतावासले अनुरोध गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *