सात तले भवनबाट खसेर जापानमा नेपाली युवाको मृत्यु

ज्याक खड्का
१८ कार्तिक २०७७ १८:४६

टोकियो । जापानमा एक नेपाली युवाको मृत्यु भएको छ । जापानको नागोया शहरमा पाेखराका एक नेपाली युवाको मृत्यु भएको हो ।

नागोया फुसिमी स्टेशन नजिक बस्दै आएका उनको आफू बस्ने घरकाे सातौं तलाबाट खसेर मृत्यु भएको हो।

प्राप्त जानकारी अनुसार मृतक ती युवा ६ वर्षअघि विद्यार्थी भिषामा जापान आएका थिए । गएको जुलाइ महिनामा आईचिस्थित एक कारको मोटरपार्टस् कम्पनीमा कामदार भिषा परिवर्तन गरेका उनी सेप्टेम्वर यता भने रोजगारविहीन रहेको बुझिएको छ।

उनको आफू बस्दै आएको घरकाे सातौं तलाबाट खसेर मृत्यु भएको पुष्टि भए पनि असावधानिवस खसेर हाे  वा अन्य कुनै कारणले हो भन्ने बारे खुलेको छैन् । उनले आत्महत्या गरेको पनि हुनसक्ने अनुमान गरिएको छ । घटनाबारेमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।

मृतक ती युवा अविवाहित रहेको उनी निकटका आफन्तले बताएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *