साइप्रसमा अध्यनरत एक नेपाली विद्यार्थीले गरे आत्महत्या

डिसी नेपाल
१९ कार्तिक २०७७ १८:३४
11.2k
Shares

काठमाडौं । अध्यनको लागि साइप्रस पुगेका एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन्। साइप्रसको निकोसियामा एक नेपाली छात्रले आत्म हत्या गरेको एनआरएनए साइप्रसले जनाएको छ।

आत्महत्या गर्ने ती छात्रको पहिचान बारे केही खुलाएको छैन्। प्रहरीको मुचुल्कासहित घटनाको सम्पूर्ण विवरण केहीसमयमै आउने संघले जनाएको छ। स्थानीय प्रहरीबाट विवरण प्राप्त नहुनजेल साइप्रसमा रहेका नेपालीहरुलाई धैर्य र संयमित रहन संघले अनुरोध समेत गरेको छ।

यसअघि साइप्रसमै काभ्रेकी ४४ वर्षीया मिना तामाङले आत्महत्या गरेकी थिइन् । तामाङले १३ सेप्टेम्बरमा लारनाकास्थित लिभादिया भन्ने ठाउँमा आत्महत्या गरेकी थिइन्।

पछिल्लो समय साइप्रसमा आत्महत्या गर्ने नेपालीहरुको संख्या बढेकाे भन्दै संघले दुख व्यक्त गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *