कुवेतमा सडक दुर्घटना हुँदा नेपाली युवकको मृत्यु

माधब शाही
२० कार्तिक २०७७ १८:२९
1.2k
Shares

कुवेत। कुवेतमा सडक दुर्घटनामा परेर एक नेपाली युवकको मृत्यु भएको छ। सडक दुर्घटनामा जाजरकोटका ३२ वर्षीय दिपकसिंह ठकुरीको मृत्यु भएको हो।

उनी विगत ३ वर्षदेखि कुवेतको सीजीजीसी कम्पनीमा काम गर्दे आएका थिए।

सोही कम्पनीमा काम गर्ने सहकर्मी यमराज छिनालका अनुसार उनलाई रोड क्रस गर्ने क्रममा विपरित दिशाबाट आएको मालवाहक गाडीले ठक्कर दिएको थियो। रात्रीकालीन ड्युटी सकेर आवासमा फर्किने क्रममा बुधवार विहान करिव ४ बजे उनलाई टिप्पर गाडीले ठक्कर दिएको थियो ।

उनका नेपालमा एक ६ वर्षीया छोरी, ४ वर्षीय एक छोरा र श्रीमती छन्।

घटनाबारेमा कम्पनीले कुवेतस्थित नेपाली दूतावासलाई जानकारी गराइसकेको छ। दूतावासले पनि कम्पनीसँग समन्वय गरेर उनको शवलाई नेपाल पठाउने प्रक्रिया अघि बढाइने जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *