माधव नेपालसहित चार जना पूर्व एमाले नेतासँग प्रधानमन्त्री ओलीको छलफल

डिसी नेपाल
२३ कार्तिक २०७७ १५:२४
216
Shares

काठमाडौं। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व एमालेका नेतहरुसँग छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा वरिष्ठ नेता माधव नेपाल, भीम रावल, सरेन्द्र पाण्डे र रघुजी पन्तसँग प्रधानमन्त्री ओलीले छलफल गरेका हुन्।

पार्टी विभाजनको संघारमा पुगेको भन्दै नेताहरुले अभिव्यक्ति दिइरहेका बेला प्रधानमन्त्री ओलीले पूर्व एमालेका नेताहरुसँग छलफल गरेका हुन्। प्रधानमन्त्री ओलीले बोलाएपछि चार जना नेताहरु दिउँसो एक बजे बालुवाटार प्रवेश गरेको नेपाल निकट स्रोतले जानकारी दियो।

‘प्रधानमन्त्रीले छलफल गर्न बोलाएपछि उहाँहरु बालुवाटार जानु भएको हो,’ नेपाल निकट स्रोतले डिसी नेपालसँग भन्यो, ‘उहाँहरु दिउँसो एक बजे वालुवाटार प्रवेश गर्नु भएको थियो।’

शनिबार मात्रै सचिवालयका पाँच जना सदस्यले प्रधानमन्त्री ओलीलाई भेटेर सविचलाय बैठक बोलाउन लिखित रुपमाआग्रह गरेका थिए। तर प्रधानमनत्री ओलीले बैठक बोलाउन अस्वीकार गर्दै आएका छन्।

पार्टीभित्र विवाद बढ्दै गएपछि प्रधानमन्त्री ओलीले पूर्व एमालेलाई एकजुट बनाउने प्रयास गर्दै आएका छन्। यसअघि प्रधानमन्त्री ओलीले वरिष्ठ नेतासँग एक्लै दुई पटक छलफल गरिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *