अमेरिकी चुनावले हामी किन भाँडिने, किन बाँडिने ?

डिसी नेपाल
२५ कार्तिक २०७७ ९:४३

अन्ततः अमेरिकाको चुनावको नतिजा आएको छ। सर्वाधिक चासो र तनावकाबीच सम्पन्न यो चुनावबाट इतिहास कायम गर्दै पूर्व उप राष्ट्रपति जो बाइडेन अहिलेसम्मकै सर्वाधिक ७४ मिलियन मत ल्याएर अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित भएका छन् भने क्यालिफोर्नियाकी सिनेटर कमला ह्यारिस इतिहास कायम गर्दै पहिलोपटक महिला, पहिलोपटक काला जाति र पहिलोपटक साउथ एशियन मूलको अमेरिकन उपराष्ट्रपति भएकी छिन्।

आधा शताब्दी सकृय राजनीति र समाज सेवामा बिताइसकेका जो बाइडेन अहिलेसम्मकै सबैभन्दा बढी उमेरका राष्ट्रपति हुने छन्। नोभेम्वर २०, १९४२ मा पेन्सलभेनियाँमा जन्मिएका वाइडेन आजभन्दा ४७ वर्षअघि सबैभन्दा कान्छो २९ वर्षको उमेरमा डेलावेर राज्यबाट सिनेटरका रुपमा निर्वाचित भएका थिए।

राजनीतिका पाका, अनुभवी, अन्तर्राष्ट्रिय सम्वन्ध राम्रो भएका र विपक्षीहरुसित समेत मिलेर काम गर्न सक्ने क्षमताका धनी नव राष्ट्रपतिले ठीक उल्टो स्वभावका डोनाल्ड ट्रम्पलाई विदाइ गरिदिएकोमा सर्बत्र खुशी छाएको छ।

विजयसभालाई सम्बोधन गर्दै नव राष्ट्रपतिले भने, ‘म प्राउड डेमोक्र्याट हुँ, तर म सबैको राष्ट्रपति हुनेछु, मलाइ भोट गर्ने र नगर्ने सबैको, डेमोक्र्याटले जितेका राज्य र रिपब्लिकनले जितेका राज्य सबैको, संयुक्त राज्य अमेरिकाको। म कसैलाई पनि कुनै हिसावले भेदभाव गर्ने छैन, सबैलाई समान अमेरिकनको हिसावले इज्जत गर्ने छु, सेवा गर्ने छु। कोरोना महामारीबाट कसरी जनताको जीवन रक्षा गर्ने र बेरोजगारी र अर्थतन्त्रलाई कसरी जोगाउनेतर्फ मेरो पहिलो ध्यान जानेछ।’

ट्रम्पबाट भन्दा ट्रम्प प्रवृत्तिबाट विश्वलाई खतरा छ। यो भनेको जातीय नश्लवाद र धर्मको आडमा अन्ध राष्ट्रबाद। यो त एउटा विश्वकै समस्या हो। हिटलरको जन्म पनि यसैगरी भएको थियो। यहाँ नाम नलिउँ अरु पनि विश्वमा धेरै मिनी हिटलरहरु छन्। त्यसैले ट्रम्पलाई हराउनु आंशिक सफलता हो, यो प्रबृत्ति विरुद्धको लडाई र खवरदारी निरन्तर रहनु पर्ने छ।

अव बल्ल प्रजातन्त्रको महशुस हुने भएको छ। डोनाल्ड ट्रम्पका कारण लाज र डरले निहुरिएको शिर स्वाभिमानपूर्वक ठाडो भएको छ। सबैका अनुहारमा खुशी छाएको छ। केटाकेटी झन् धेरै रमाएका देखिन्छन्, सायद उनीहरुलाई अझ बढी विभाजित समाजको पीडा र अन्धकार भविष्यको महशुस भएको हुनुपर्छ। समानरुपमा अमेरिकी नागरिकको गौरव महशुस हुन थालेको छ र मानिसहरु खुशीले मात्तिएका छन् यतिखेर। सिंगो विश्व नै रमाएको छ सायद।

डोनाल्ड ट्रम्पले विगत ४ बर्षमा अमेरिकाको र स्वयं रिपब्लिकन पार्टीको साख गिराउने काम गरे। घृणा र द्वेश फैलिएको छ र समाज नराम्रोसित विभाजित भएको छ। झुट नबोल्ने, जनताप्रति कमसेकम इमान्दार हुने, आफ्नो ड्यूटी के हो भनेर थाहा पाउने र समस्याहरु प्रति गम्भीर हुने अनि समाधानका लागि योजनासमेत भएको राष्ट्रपति चाहिएको थियो अमेरिकालाई जुन अहिले हासिल भएको छ। धेरै पीडितहरुले राहत महशुस गरेका छन्।

आज डेमोक्र्याटमात्र हैन रिपब्लिकन पार्टीलाई जिन्दगीभर समर्थन गर्दै आएका कतिपय मानिसहरु पनि खुशी भएका छन्। त्यतिमात्र हैन धेरै रिपब्लिकन नेताहरु पुर्वराष्ट्रपति बुश परिवार, राष्ट्रपतिका उम्मेदवार मेक केन परिवार, मिट रम्नी, जन केसिक र लिंकन प्रोजेक्टकाहरु समेत ट्रम्पको बहिर्गमनमा खुशी छन्। यसले रिपब्लिकन पार्टीलाई पनि पाठ सिक्ने मौका दिएको छ, तर कसरी अगाडि बढ्ला त्यो त समयले नै बताउने छ।

ओवामा जतिसुकै पपुलर भए पनि र महत्वपूर्ण कामहरु इमान्दारिपूर्वक गरे पनि उनले अपेक्षाकृतरुपमा सन्तुष्ट गराउन सकेका थिएनन् जनतालाई भन्ने कुरा पनि साँचो हो। यसकै आधारलाई प्रयोग गर्दै रिपब्लिकन र फक्स न्युजको एकोहोरो ओवामा बिरोधी घृणा र अफवाहको प्रवाहले ट्रम्पलाई जन्माउन मद्दत गरेको थियो

ट्रम्प र उनका समर्थकहरु अझसम्म पनि स्टप काउन्टिङ भन्दै मुद्दा मामलामा लागेका छन्, यो उनको आत्मरति मात्रै हो। जिते प्रजातन्त्र हारे धाँधली?! विना आधारका मुद्दाहरु यसै खारेज भैरहेका छन्। उल्टो बरु यसले उनको अप्रजातान्त्रिक सर्वसत्तावादी चरित्रलाई उदांगो बनाइरहेको छ। अब दुनियाँले बुझ्नेछ, ट्रम्पेरिका र बास्तविक अमेरिकामा ठूलो अन्तर छ। प्रजातन्त्रकै तागत हो जसले गल्ती र संयोगबस जन्मिएको एउटा तानाशाहलाई सच्याउन पनि सफल भएको छ।

ट्रम्पबाट भन्दा ट्रम्प प्रवृत्तिबाट विश्वलाई खतरा छ। यो भनेको जातीय नश्लवाद र धर्मको आडमा अन्ध राष्ट्रबाद। यो त एउटा विश्वकै समस्या हो। हिटलरको जन्म पनि यसैगरी भएको थियो। यहाँ नाम नलिउँ अरु पनि विश्वमा धेरै मिनी हिटलरहरु छन्। त्यसैले ट्रम्पलाई हराउनु आंशिक सफलता हो, यो प्रबृत्ति विरुद्धको लडाई र खवरदारी निरन्तर रहनु पर्ने छ।

मलाइ लाग्छ, जो बाइडन कमला ह्यारिसको यो सरकार ओवामा वाइडनकालकै परिमार्जित भाग २ हुनेछ। यसमा हिजोका कामहरुको अनुभव, कमी कमजोरीहरुको सुधार र राम्रा कामहरुको निरन्तरता हुनेछ भन्ने लाग्छ। अहिले समय बदलिएको छ। कोरोना महामारी र अर्थतन्त्र नै प्राथमिकतामा पर्ने छन्।

जसरी यस चुनावमा प्रगतिशिल धारका बर्नी सेन्डरको महत्वपूर्ण साथ रहेको छ, उनका क्रान्तिकारी मुद्दाहरुको पनि केही हदसम्म सम्बोधन हुन सक्ने आशा गर्न सकिन्छ। हाउस डेमोक्र्याटको कब्जामा कायम रहेको छ भने रिपब्लकनको बहुमत रहेको सिनेट कता जाने हो भन्ने कुरोको अहिले टुंगो लाग्न नसक्दा जनवरीमा हुने चुनावसम्म कुर्नु पर्ने भयो।

यदि सिनेट रिपब्लिकनको भयो र ओवामालाई जस्तै रिपब्लिकन बाधक भयो भने पनि एक्जेक्युटिभ अधिकार प्रयोग गरेर भए पनि महत्वपूर्ण निर्णयहरु गर्ने मनस्थितिमा राष्ट्रपति देखिन्छन्। ओवामा जतिसुकै पपुलर भए पनि र महत्वपूर्ण कामहरु इमान्दारिपूर्वक गरे पनि उनले अपेक्षाकृतरुपमा सन्तुष्ट गराउन सकेका थिएनन् जनतालाई भन्ने कुरा पनि साँचो हो।

यसकै आधारलाई प्रयोग गर्दै रिपब्लिकन र फक्स न्युजको एकोहोरो ओवामा बिरोधी घृणा र अफवाहको प्रवाहले ट्रम्पलाई जन्माउन मद्दत गरेको थियो। यसमा हिलारी क्लिन्टन उपयुक्त उम्मेदवार नभएका कारण पनि हो भन्ने पनि मान्यता राखिन्छ। यी सबै कुराहरुलाई पनि डेमोक्राटिक पार्टीले भविष्यमा ध्यानमा राख्नेछ भन्ने आशा गरौं।

डेमोक्राटिक पार्टी रिपब्लिकनको तुलनामा इमिग्रेन्ट फ्रैण्डली र उदार परराष्ट्र नीति राख्ने पार्टी हो जुन सबैले बुझेकै कुरा हो। यसै नीतिका कारण मन पराउने एकातिर छन् भने अर्कातिर यसै कारण मन नपराउनेहरु पनि छन्। ट्रम्प या रिपब्लिकनको अमेरिका फस्र्टको नारा र इमिग्रेन्टस तथा परराष्ट्रप्रति अनुदार शैली र नीति मन पराएर भोट गर्नेहरु पनि छन्।

डेमोक्र्याटिक पार्टीले अमेरिकन र अमेरिकाको केही मतलव गर्दैन, खाली इमिग्रेन्टस् र अरु राष्ट्रलाई मात्र हेर्छ भन्ने विश्वासलाई गलत सावित गर्दै अमेरिकालगायत सबैको कल्याणमा काम गर्न सक्ने महाशक्ति राष्ट्र हो अमेरिका भनेर सिद्ध गर्ने प्रयत्न गर्नु पर्नेछ। डोनाल्ड ट्रम्पको अमेरिका फस्र्टको नारा मिथ्या थियो, उनले यसको नाममा स्वेत सर्वसत्तावाद र परिवारवाद लाद्ने प्रयत्न गरिरहेका थिए र अमेरिकालाई ग्रेट हैन विश्व मानचित्र बाटै डाउन गराइरहेका थिए।

हामी नेपालीको अमेरिकी राजनीतिप्रतिको चासो बढ्दै गएको छ र कतिपय त उम्मेद्वार भएर निर्वाचित प्रतिनिधि भएरसमेत काम गरिरहनु भएको छ। यो कुरा यसकारणले महत्वपूर्ण छ कि अव हामीले यहाँ निरिह महसुस गर्न पर्दैन। हामी अमेरिकामा शिर ठाडो पारेर मुस्कुराउदै हिड्न सक्छौं।

दिनरात ट्वीटमात्रै गरिबस्ने या गल्फ खेलेर बस्ने ट्रम्पलाई जनता कोरोनाको मारमा परेको पनि मतलव थिएन, जनता घा“टी थिचेर मारिएका, आई केन नट ब्रिद भन्दै आन्दोलनमा उत्रिएका जनताको पनि केही मतलव थिएन ट्रम्पलाई। जनताका कुनै समस्याप्रति उनी सम्वेदनशील थिएनन्। झुटा आश्वासन र अरुप्रति आक्रमण गर्नु उनको मुख्य काम थियो।

विज्ञानमा विश्वास नगर्ने, राष्ट्रपति भएर आफैं नियम, कानुन र संविधानलाई धोती लाउन पछि नपर्ने, विज्ञका कुरा नसुन्ने, ट्याक्स छल्ने र रिपोर्ट लुकाएर आफू बाठो भएर पो त्यसो गरेको त भन्न पनि लाज नमान्ने, आम जनताभन्दा पनि कम ७५० डलर मात्रै ट्याक्स बुझाउने र धेरैवटा बेंक्रप्सी बेहोरिसकेका ट्रम्प आफूलाई सबैभन्दा धनी र सबैभन्दा खतरा राम्रो राष्ट्रपति दावी गर्ने तर बास्तवमा सबैभन्दा गरिव र इतिहासकै पटमुर्ख राष्ट्रपति थिए।

हामी नेपालीको दायित्वः

अमेरिकामा हाम्रो उपस्थिति बाक्लो हुँदै गएको छ र कतिपय ठाउँमा स्थानीय लेवलमा चुनावको नतिजालाई प्रभावित गर्न सक्ने हामी भैसकेका छौं। हामी नेपालीको अमेरिकी राजनीतिप्रतिको चासो बढ्दै गएको छ र कतिपय त उम्मेद्वार भएर निर्वाचित प्रतिनिधि भएरसमेत काम गरिरहनु भएको छ। यो कुरा यसकारणले महत्वपूर्ण छ कि अव हामीले यहाँ निरिह महसुस गर्न पर्दैन।

हामी अमेरिकामा शिर ठाडो पारेर मुस्कुराउदै हिड्न सक्छौं। हामी पनि अरु अमेरिकी सरह स्वाभिमानपूर्वक बाँच्न सक्छौं। आफ्ना समस्या र अधिकारका कुरा गर्न सक्छौं। यो गोराहरुको देशमा हामी भतुवा भएर आएका हौं भन्ने मानसिकता हामीमा रहने छैन। यो त हामीजस्तै इमिग्रेन्टहरुले बनाएको गौरवशाली राष्ट्र हो।

यहाँ अमेरिकी भनेपछि सक्किगो, कहाँबाट आएको, कस्तो छाला या रंगको, कुन धर्म या राजनीतिमा आस्था राख्ने या स्वतन्त्र केही मतलव हुन्न। मतलव हुन्छ त केवल अमेरिकी नीति नियम र भ्याल्युको अनि त्यसमा अडेर अमेरिकन ड्रिम।

हामी लगभग पहिलो पुस्ता छौं अमेरिकामा। सीमित ज्ञान र अनुभवमा यो नयाँ ठाउँमा हाम्रो जीवन निर्वाहको संघर्ष टिठलाग्दो छ। त्यसकारण हामी हरदम नेपाल मिस गरिराखेका हुन्छौं। हामीलाई यही बानी पर्नु छ, यहीँको रहनसहन र ब्यवहार बुझ्नु छ। नेपालको राजनीतिले मात्र यहाँ हाम्रा समस्याहरु समाधान हुँदैनन्। हो यही सत्य कुरा सिकाउने नेता या हाम्रा अगुवा नेपालीहरुको हामीलाई खाँचो छ।

खुशीको कुरा त के भने त्यस्ता मान्छेहरु पनि जन्मिने क्रम सुरु भएको छ। हामी तिनलाई निरुत्साहित हैन, प्रोत्साहित गरौं। हाम्रो पुस्ताले जानी नजानी जे जस्तो गर्न सक्छौं त्यसले नैं भावी पुस्ताको जग बसाउने या दिशा निर्देश गर्ने हो अमेरिकामा।

हामी सन्तानको उज्वल भविष्यका खातिर भनेर नै आफ्नो प्यारो मातृभूमि, आफन्त र वैभव छाडेर र आफ्नो खुशी कुर्वान गरेर संघर्ष गर्न यो सात समुन्द्रपारि आएका हौं। हामी यहाँ दास मानसिकतामा बस्ने हैन एक दिन हाम्रा आफ्नैं सन्तानलाई ओवामा र कमलाको ठाउँमा देख्ने सपना पनि देख्न बिर्सनु हुँदैन।

हामी सन्तानको उज्वल भविष्यका खातिर भनेर नै आफ्नो प्यारो मातृभूमि, आफन्त र वैभव छाडेर र आफ्नो खुशी कुर्वान गरेर संघर्ष गर्न यो सात समुन्द्रपारि आएका हौं। हामी यहाँ दास मानसिकतामा बस्ने हैन एक दिन हाम्रा आफ्नैं सन्तानलाई ओवामा र कमलाको ठाउँमा देख्ने सपना पनि देख्न बिर्सनु हुँदैन।

के अमेरिकी राजनीतिले हामी नेपालीलाई अझ विभाजित गर्दैछ ?

कतिपयलाई यस्तो पनि लागेको पाइयो कि नेपाली भएर पनि के नेपालको राजनीतिको चासो चिन्ता गर्न छाडेर अमेरिकाको चासो राखेको होला? यसरी आफ्नो मातृभूमिलाई चटक्कै मायाँ मार्न हुन्छ? यहाँको राजनीतिको कुरा गरेर किन नेपाली बिभाजित हुने? तर सत्य त के हो भने नेपालको राजनीति नेपालमैं हुने सकृय राजनीतिकर्मीहरुले गर्ने हो नेपाली अमेरिकनहरुले हैन।

चासो र चिन्ता, मायाँ र सहयोग भने गरिरहनु पर्दछ आफ्नो मातृभूमिलाई। अमेरिकाको राजनीतिमा अगाडि बढ्न सक्ने हो भने त्यसले हाम्रो यहाँको समुदायको हित र गौरवका साथसाथै नेपालको पनि गौरव र हित स्थापित गर्नेछ। अर्को कुरा यहाँ रिपब्लिकन या डेमोक्र्याटमा लागेर नेपालमा जस्तो कुकुर बिरालाजस्तो फाइट गर्न पर्दैन।

एउटा निष्ठाको राजनीति जता आफूलाई ठीक लाग्छ त्यतै लागेर गर्न पाइन्छ। पहिलो कुरा त हामी कोही पनि जन्मजात रिपब्लिकन या डेमोक्र्याट हैनौं। आफ्नो समुदायको हितमा जसका नीति सही छन् त्यतै लाग्दा भैहाल्छ। चुनावी माहौलमा बुझाइ आ–आफ्नै हुने हुँदा एता उता भए पनि हामी सबै नेपाली आफ्नो थात थलो नविर्सि फेरि एक्कै ठाउँ हुन कर लागिहाल्छ।

स्वस्थ छलफल र बहस गर्नुपर्छ र यदि कसैलाई सिरियसली कुनै पार्टीमै लागेर सकृय राजनीति गर्न मन छ भने त्यसलाई प्रोत्साहित गर्नु पर्दछ। सकृय राजनीति गर्नु हामी नेपालीलाई यहाँ सजिलो चाही छैन, नेपालमा जस्तो पनि हैन। चुनावमा चासो देखाउनु र भोट हाल्नु अनि फेसवुकमा लेख्नुमात्रै पनि हैन सकृय राजनीति।

सात समुन्द्रपारि आएर हामी नेपालीहरु विभाजित हुनु हुँदैन। नेपालको राजनीति, जाति, क्षत्रियताआदि लाई लिएर हामी यहाँ पनि अझै बिभाजित नैं छौं, यो तितो यथार्थ हो। हो यसलाई चाहि फेर्नु प-याे अब।

तसर्थ अमेरिकी मूलधारतिरको हाम्रो यात्रा समुदायलाई विभाजित र कमजोर बनाउने, नेपाललाई मायाँ नगर्ने र बेवास्ता गर्नेतिरको यात्रा नभई विद्यमान विभाजित र अन्यौलग्रस्त समाजलाई सही सूचना र संस्कारले सुसज्जित गर्दै प्रवासी नेपालीहरु र नेपालको समेत एकता र समृद्धिको यात्रा हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *