भिजिट भिसाको म्याद गुज्रिएका सबै प्रवासीले अबको २० दिनभित्र कुवेत छाड्नुपर्ने

डिसी नेपाल
२५ कार्तिक २०७७ १०:३४

काठमाडौं। भिसाको म्याद गुज्रिएका सबै प्रवासीले अबको २० दिनभित्र कुवेत छाड्नुपर्ने भएको छ । कुवेतको आन्तरिक मामिला मन्त्रालयले कुवेतमा भिजिट भिसाका प्रवेश गरेका र भिसा सकिएका सबैलाई ३० नोभेम्बरभित्र देश छाड्न भनेको छ । साथै सबै किसिमका बसोबास अनुमति पत्र पाएका तर अनुमतिको म्याद गुज्रिएका र गएको सेप्टेम्बर १ सम्ममा तीन महिनाको लागि अस्थायी म्याद थपेका र अस्थायी म्याद नोभेम्बर ३० सम्ममा गुज्रिनेहरुलाई आफ्नो बसोबासको अनुमति नवीकरण गर्न वा अर्को अनुमति लिन अनुरोध गरिएको छ ।

प्रवासी कामदारलाई बसोवास अनुमतिको लागि प्रायोजन गर्नेहरु र रोजगारदाताहरुलाई आफूले प्रायोजन गरेका प्रवासीहरुकोब सोवासको अनुमति नवीकरण गर्न आग्रह गरिएको छ । यसको लागि आन्तरिक मामिला मन्त्रालयको वेबसाइटमार्फत वा आवासीय मामिला विभागमा गएर बसोवास अनुमति नवीकरण गर्न सकिने बताइएको छ । भिजिट भिसा सकिएकाहरुलाई नोभेम्बर ३० भन्दा पहिल्यै आफ्नो यात्राको प्रक्रिया सुरु गर्न र देश छाड्न आग्रह गरिएको छ । यो आग्हको उल्लंघन गरेर कुवेतमै बस्नेहरुलाई कानुनको उल्लंघनमा दोषी ठहर गरी फेरि कुवेत फर्किन नपाउने गरी डिपोर्ट गरिने मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *