आईपीएल फाइनल : दिल्लीको कमजोर ब्याटिंग, मुम्बईलाई १५७ रनको लक्ष्य

डिसी नेपाल
२५ कार्तिक २०७७ २१:४५

काठमाडौं। यूईमा मंगलबार सम्मपन्न हुन लागिरहेको आईपीएलको उपाधि भिडन्तमा दिल्ली क्यापिटल्सले कमजोर ब्याटिंग गरेको छ। टस जितेर पहिला ब्याटिंग गरेको दिल्लीले पहिलो बलमै मार्कोस स्टोइनिसको विकेट गुमाएको थियो।

त्यसपछि शिखर धवन र अजिंक्या रहाणेलाई सस्तमै गुमाएको दिल्लीका लागि कप्तान श्रेएस अय्यर र ऋषभ पन्तले अर्धशर्तक बनाए। अय्यरले नटआउट ६५ रन बनाएपछि दिल्लीले ७ विकेटमा १५६ रन बनायो।

मुमई इण्डियन्सका लागि ट्रेन्ट बोल्टले पहिलो बलमै विकेट लिएका थिए। उनले ४ ओभरमा ३० रन दिएर ३ विकेट लिए। यस्तै नाथन कल्टर नाइलले २ विकेट लिए भने जयन्त यादवले १ विकेट लिए।

मुम्बई पाँचौ पटक उपाधि जित्ने दाउमा छ भने दिल्ली पहिलो पटक फाइलनसम्म पुगेको हो।

नेपाली स्पीनर सन्दीप लामिछानेसमेत रहेको दिल्लीले उनलाई एक पनि खेलमा मौका भने दिएन। दिल्लीले जारी आईपीएलमा सबैभन्दा धेरै १७ खेल खेल्दा सन्दीप बेन्चमै बस्न बाध्य भए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *