अमेरिकी नागरिकता किन त्याग्दैछन् अर्बपतिहरु ? गुगलका पूर्वसिइओकोे साइप्रसमा आवेदन

डिसी नेपाल
२६ कार्तिक २०७७ ९:१३

काठमाडौं। अमेरिकी अर्बपतिहरुले अमेरिकी नागरिकता त्यागेर तेस्रो मुलुकको नागरिकता लिन थालेका छन् । यसैको पछिल्लो कडीस्वरुप गुगलका पूर्व सीइओ एरिक स्मिटले साइप्रसको नागरिकताको लागि आवेदन दिएका छन् । भक्स रिकोडले एरिकले साइप्रस आइल्याण्डको नागरिकता लिने प्रक्रियालाई अन्तिम रुप दिइरहेको दावी गरेको छ । यससँगै एरिक साइप्रसको विवादित ‘पासपोर्ट बिक्री’ कार्यक्रमको लाभ लिने सबैभन्दा हाइप्रोफइल अमेरिकी बन्नेछन् ।

अमेरिकाका सबैभन्दा धनीहरुमध्येका एक एरिकले भूमध्यरेखाको राष्ट्र साइप्रसको नागरिकताको लागि स्वीकृति पाइसकेको गएको अक्टोबरमा साइप्रसको एक प्रकाशनमा प्रकाशित सूचनामा जनाइएको छ । एरिकले किन तेस्रो मुलुकको नागरिकता लिन चाहे भन्ने प्रस्ट भइसकेको छैन । यो नयाँ पासपोर्टले एरिकलाई युरोपेली संघ अन्तर्गतका राष्ट्रहरुमा यात्रा अनुमति दिन्छ साथमा उनी नयाँ व्यक्तिगत कर प्रणालीमा स्थानान्तरित हुनेछन् जुन प्रणाली उनको लागि अमेरिकी कर प्रणालीभन्दा सजिलो हुने मानिएको छ ।

एरिकको यो निर्णय विश्वका अर्बपतिहरुले आफू नबस्ने मुलुकको नागरिकता लिएर त्यहाँको कानुनबाट स्वतन्त्रता र आर्थिक लाभ लिने पछिल्लो प्रचलनको एक कडी हो । यसअघि प्रविधि क्षेत्रका अर्बपति पिटर थिएलले पनि २०११ मा विवादित रुपमा न्यूजिल्याण्डको नागरिकता पाएका थिए । अमेरिकी कानुन र कर प्रणाली कडा छ र यहाँ अर्बपतिहरुले ठूलो परिमाणमा कर तिर्नुपर्छ । साथमा यहाँ आर्थिक क्रियाकलाप गर्दा पनि कडा कानुनी प्रणालीको पालना गर्नुपर्छ । यस्तोमा अर्बपतिहरुले सस्तो करको दर र आर्थिक कानुन खुकुलो भएका मुलुकको नागरिकता लिएर त्यसको लाभ लिन थालेका छन् ।

रिपोर्टका अनुसार कोरोनाभाइरस महामारीको समयमा अमेरिकीहरुमा गैर अमेरिकी नागरिकताप्रति रुचि बढेको छ । महामारीका क्रममा अमेरिकी नागरिकहरुलाई विदेश यात्रा गर्न निकै कठिनाइ छ र अमेरिकीहरुले मुस्किलले तेस्रो मुलुकको यात्रा गर्न पाइरहेका छन् । तर, तेस्रो मुलुकको नागरिकता लिएपछि उनीहरु अमेरिकाको नियमले लगाएको यात्रा प्रतिबन्धबाट मुक्त हुन्छन् किनकि त्यो अवस्थामा उनीहरु अमेरिकी नागरिक रहँदैनन् र अमेरिकी नियमले उनीहरुलाई बाँध्न सक्दैन । विज्ञअरुका अनुसार अमेरिकामा राजनैतिक अस्थिरताले पनि यसमा केही भूमिका खेलेको छ ।

यद्यपि अमेरिकीहरुले साइप्रसको नागरिकताको लागि आवेदन दिनु भनेको असामान्य हो । साइप्रसको नागरिकता कार्यक्रमको तथ्यांकले पनि अमेरिकीको आवेदन अत्यन्तै न्यून भएको देखाउँछ । यो कार्यक्रम पूर्व सोभियत युनियनबाट विभाजित भएका देशका नागरिक र मध्यपूर्वमा लोकप्रिय छ । एरिकका एक प्रतिनिधिले भने यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *