प्रधानमन्त्रीबाट किमाथाङ्का नाका र अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिण्डामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गरेका छन्।
प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र माेदीद्वारा २०६५ काे वैशाख २८ गते संयुक्त रूपमा उद्घाटन भएकाे आयाेजनकाे उनले अनुगमन गरेका हुन्। प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको अवगत गराएका थिए।
प्रधानमन्त्री ओलीले यसअघि चीनसँग जोडिएको किमाथाङ्कामा सडक पूर्वाधार विकासको प्रगतिबारे पनि अनुगमन गरेका थिए। प्रधानमन्त्री ओलीका साथ सङ्घीय मन्त्री, प्रदेश नं. १ का मुख्यमन्त्री, सांसद र जनप्रतिनिधि तथा आयोजना प्रमुख रहेका छन्।रासस
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment