जुम्लामा नमूना फुटसल निर्माण

डिसी नेपाल
२६ कार्तिक २०७७ २०:१४

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५ मा रु ९५ लाख लगानीको नूुना फुटसल निर्माण गरिएको छ । कर्णालीकै दोस्रो तथा ठूलो फुटसल जुम्लामा निर्माण गरिएको छ । तीनजना व्यक्तिको निजी लगानीमा कर्णालीकै ठूलो फुटसल निर्माण गरिएको हो । अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पा र उपाध्यक्ष उपेन्द्रमान सिंहको उपस्थितिमा फुटसल बुधबार उद्घाटन गरिएको हो ।

चन्दननाथ नगरपालिका—५ निवासी निर्पराज भारती, प्रमोद शाही र प्रकाश शाहीको रु ९५ लाख संयुक्त लगानीमा फुट्सल निर्माण गरिएको सञ्चालक प्रकाश शाहीले बताए । उनले भे, “दुई वर्ष पहिलको पूर्व तयारीअनुसार फुटसल निर्माण गरेका हौँ । जुम्लालाई स्पोर्ट हबका रुपमा विकास गर्ने योजनासहित फुटसल सञ्चालन निर्माण गरेका छौँ ।”

जुम्लामा फुटसलको राम्रो भविष्य देखेकै कारण निर्माण गरेको सञ्चालक निर्पराज भारतीले बताए । पानी, शौचालय, चमेना गृहसहित अत्याधुनिक प्रविधि प्रयोग गरेर नमुना फुटसल निर्माण भएको छ । एन्फाका केन्द्रीय अध्यक्ष शेर्पाले निजी लगानीमा निर्माण गरिएको फुटसलले जुम्लाको खेल क्षेत्रलाई विकासमा योगदान गरेको बताए।

एन्फाका केन्द्रीय उपाध्यक्ष उपेन्द्रमान सिंहका जुम्लामा कृषि, पर्यटनसँगै खेल क्षेत्रको लागि पनि पर्याप्त सम्भावना भएको ठाउँ भएकाले निजी तथा सरकारी लगानीमा ठूला पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए । चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले जुम्लाको खेल क्षेत्रलाई गति दिन आवश्यक लगानी गर्न नगरपालिका तयार रहेको बताए। फुटसलमा छ देखि १२ वर्ष उम्मेर समूहका हरेक बालबालिकालाई फुटबल खेलाउन सञ्चालकले शाहीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *