उपत्यकाका मेयरहरुको सुझावः फेरि कडा निषेधाज्ञा लगाऔं

डिसी नेपाल
२६ कार्तिक २०७७ २१:३९

काठमाडौं। काठमाडौं उपत्यकाका मेयरहरुले उपत्यकामा कोरोना संक्रमण तिब्र रुपमा फैलिएको भन्दै त्यसलाई नियन्त्रणमा लिन फेरि कडा निषेधाज्ञा गर्नुपर्ने सुझाव दिएका छन्। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारीबीच बुधबार भएको छलफलमा मेयरहरुले यस्तो सुझाव दिएका हुन्।

पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना संक्रमण र त्यसको रोकथाम–नियन्त्रणको प्रयासका विषयमा छलफल केन्द्रित भएको उपत्यका नगरपालिका फोरमका सचिव समेत रहेका मध्यपुर ठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले जानकारी दिए।

तिहार, छठलगायतका पर्व सकिएपछि कोरोना संक्रमण चक्र तोड्न प्रभावकारी कदम चाल्ने विषयमा छलफल भएको मेयरहरुले बताएका छन्। उपत्यकामा बढिरहेको संक्रमण नियन्त्रण गर्न कडा निषेधाज्ञा आवश्यकता भएको उल्लेख गर्दै उनले सीसीएमसीका पदाधिकारीले अर्को बैठकमा कस्तो मोडालिटीमा जाने छलफल गरी प्रस्ताव गर्ने बताए।

काठमाडौं उपत्यकामा बढ्दो संक्रमणका दर र यसलाई नियन्त्रणका लागि कडा निषेधाज्ञाको आवश्यकता रहेको मेयर फोरमका सचिव श्रेष्ठले बताए।

सीसीएमसीका पदाधिकारीहरूसँगको छलफलमा कोभिडबाट उत्पन्न समस्या समाधानका विषयमा पनि छलफल भएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *